coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा भूकम्पबारे अन्तर्राष्ट्रिय सम्मेलन

भक्तपुर–इन्जिनियरिगङ र विपद्पछिको पुनर्निर्माण योजनाबारे दुई दिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि भक्तपुरमा हुने भएको छ। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिगङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिगङको सयुंक्त आयोजनामा सम्मेलन हुने बताइएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो सम्मेलनमा विभिन्न देशबाट सहभागिता रहने जनाइयो। सम्मेलनमा छिमेकी मुलुक चीन, भारतलगायत जापान, बेलायत, दक्षिण कोरियाका १२ विज्ञहरुको प्रस्तुति रहने जनाइयो। सम्मेलनमा १६ जना विदेशी प्राध्यापक, अनुसन्धानकर्ता, शोधकर्ताहरुको सहभागिता रहने जनाइयो। नेपाल र अन्य मुलुकमा बसी अनुसन्धान र शोधकार्य गरिरहेका नेपाली प्राध्यापक र शोधकर्ताहरुका ५० वटा शोधपत्र सम्मेलनमा प्रस्तुुति हुनेछ।

सम्मेलनमा भक्तपुर नगरपालिकाका उपप्रमुख आर्किटेक्ट रजनी श्रेष्ठ जोशीले ‘भक्तपुर नगरको मूर्त र अमूर्त सम्पदाको पुनर्जीवन’ शीर्षकमा भक्तपुर नगरपालिकाले गर्दै आएको कला–सस्ंकृति संरक्षण र सम्पदा पुनर्निर्माणको कार्यहरुको बारेमा प्रस्तुतीकरण दिने सम्मेलनमा जनाइयो। पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालयका संरचना विज्ञ प्राडा प्रेमनाथ मास्केले ‘भूकम्पपछिको पुनर्निर्माणमा परम्परागत गारोवाला संरचना’ विषयमा प्रमुख वक्ताका रुपमा प्रस्तुति दिने जनाइयो। त्यसैगरी पुल्चोक क्याम्पसका अर्का प्राडा सर्दुशनराज तिवारीले ‘शहरी सम्पदा क्षत्रेको संरक्षणका चुनौती’ विषयमा प्रस्तुति दिने सम्मेलनमा जनाइयो।

टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजी, जापानका प्राडा ससुमु कोनोले ‘आरसी भवनको लचिलोपना–जापानी प्रयास र सघंर्ष’ विषयमा सम्मेलनको पहिलो र दोस्रो दिनमा ६ वटा सत्रमा समानान्तर तीन वटा सेमिनार हल गरी भूकम्प इन्जिनियरिङ र विपद्पछिको पुनर्निर्माण योजनासँग सम्बन्धित विभिन्न विषयहरुमा जम्मा ६२ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको जनाइयो।

विदेशी सहभागी र विशिष्ट पाहुनाहरुलाई भक्तपुर नगरमा भइरहेका पुनर्निर्माणको स्थलगत अवलोकन गराउने कार्यक्रम सम्मेलनको तेस्रो दिनका लागि राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। सम्मेलनको अन्तिम दिन वैशाख १४ गते साँझ कलेज प्रांगणमा परम्परागत भैल प्याखं र सांस्कृितक प्रस्तुति हुने जानरकी पनि दिइएको छ।

प्रकाशित: १२ वैशाख २०७६ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App