७ वैशाख २०८१ शुक्रबार
खेल

७ कीर्तिमानसहित गौरिकाले गरिन् स्वर्णको वर्षा

नेपालगञ्ज – त्रिभुवन आर्मीकी गौरिका सिंहले सम्पन्न आठौं राष्ट्रिय खेलकुदको पौडीमा कुल ७ कीर्तिमानसहित १२ स्वर्ण जितेकी छन्।

नेपालगञ्जमा बृहत राष्ट्रिय खेलकुदको समापन दिन भएको पौडीमा बुधबार गौरिकाले अन्तिम दिन मात्र ३ राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण आफ्नो बनाउँदा कुल १२ स्वर्ण जित्न सफल भएकी हुन्। बुधबार गौरिकाले महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्दा २ मिनेट ३२ सेकेन्डको समय निकाल्दै नयाँ कीर्तिमान बनाइन्। उनले आपैmँ बनाएको २ मिनेट ३२.५१ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन्।

उक्त विधामा आर्मीकी डुवना लामाले रजत र एपिएफकी टिशा शाक्यले कांस्य पदक जित्न सफल भए। गौरिकाले महिला ५० मिटर फ्रिस्टाइलको हिट चरणमा कीर्तिमान बनाउँदा २७.८१ सेकेन्डको समय निकालिन्। यस विधामा पनि गौरिकाले आपैmँले बनाएको २७.९५ सेकेन्डको कीर्तिमान विस्थापित गरेकी हुन्। तर, फाइनलमा पनि गौरिकाले थप सुधार गर्दै २७.५९ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्।

उक्त विधामा आर्मीकी सोफिया शाहले रजत पदकमा जित्दा बुझाउँदा एपिएफकी टिशा शाक्यले कांस्य पदक जितिन्। गत रिया ओलम्पिकमा विश्वकै कान्छी खेलाडी समेत रहेकी गौरिकाले महिला १०० मिटर ब्याक स्ट्रोक्समा कीर्तिमानसहित स्वर्ण  जित्दा १ मिनेट ०७.२२ सेकेन्डको समय निकाल्दै आपैmँले बनाएको १ मिनेट ८.६३ सेकेन्डको कीर्तिमान पुनः भंग गरिन्। यस विधामा आर्मीकी डुवना लामाले रजत पदक र पुलिसकी अनुष्का पोखरेलले कांस्य चित्त बुझाए।

अन्तिम दिन नै भएको पुरुष २०० मिटरमा व्यक्तिगत मिड्लेमा पुलिसका सइद हाम्जा शाहले कीर्तिमानसहित स्वर्ण जित्दा २ मिनेट १७.१९ सेकेन्डको समय निकाले।  उनले शिरिष गुरुङको २ मिनेट २६.१७ सेकेन्डको कीर्तिमान तोडेका हुन्।

यस स्पर्धामा रजत जितेका एनआरएनएको नाथन दोर्जे शेर्पा र कांस्य जितेका आर्मीका अनुभव सुब्बाले समेत कीर्तिमान भंग गरे। पुरुष ५० हजार फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले कीर्तिमानसहित स्वर्ण जिते। उनले २५ दशमलब ०६ सेकेण्डको समय निकाल्दै शिरिष गुरुङको नाममा रहेको २५ दशमलब ८० सेकेण्डको कीर्तिमान भंग गरे। यस स्पर्धामा पुलिसका शयद हम्जा शाहले रजत र आर्मीका अनुभव सुब्बाले कांस्य जिते।

पुरुष १०० मिटर ब्याकस्ट्रोक्समा एनआरएनएका नाथन दोर्जे शेर्पाले कीर्तिमानसहित स्वर्ण जिते। उनले १ मिनेट ४ दशमलब ०६ सेकेण्डको समय निकाल्दै प्रसान्त राज जोशीको नाममा रहेको कीर्तिमान भंग गरे । एपीएफका तेञ्जिङ्ग गुरुङले रजत र नासिर हुसेनले कांस्य जिते । पुरुष फ्रीस्टाइलमा पुलिसले स्वर्ण, आर्मीले रजत र एपीएफले कांस्य जिते । महिलातर्फ आर्मीले स्वर्ण, पुलिसले रजत र एपीएफले कांस्य जिते।

प्रकाशित: १२ वैशाख २०७६ ०४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App