coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२० वर्षीया महिलाले जन्माइन् चार वटा शिशु

तस्बिर : रितेश/नागरिक

वीरगन्ज - वीरगन्ज हेल्थ केयर अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकैपटकमा चार शिशु जन्माएकी छन्। पर्साको छिपहरमाई गाउँपालिका–४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले तीन छोरी र एक छोरा गरी चारजना शिशुलाई एकसाथ जन्म दिएकी हुन्।

चिकित्सकका अनुसार ९ महिनामा जन्मिनुपर्नेमा खातुनले सात महिनाभित्रै शिशु जन्माएकी छन्। उनीहरूको पूरा विकास हुन नसकेको र तौल पनि औसतभन्दा कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा. स्वेता चौधरीले जानकारी दिइन्। चारैजना शिशुलाई एनआइसियू (शिशुहरूको सघन उपचार कक्ष)मा विशेषज्ञ डा. आनन्दकुमार झाको रेखदेखमा राखिएको छ।

अस्पतालमा मंगलबार बिहान ७ बजे खातुनलाई भर्ना गरिएको थियो। बच्चाको तौल कम भएकाले इन्फेक्सनको जोखिम देखेर सबैलाई एनआइसियू कक्षमा राखिएको डाक्टरहरूले बताए। चार बच्चाकी आमा बनेकी खातुनको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर चौधरीले बताइन्।
एकै आमाबाट एकसाथ जन्मिएका चार शिशु अस्पतालको एनआइसियूमा।

प्रकाशित: १२ वैशाख २०७६ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App