७ वैशाख २०८१ शुक्रबार
कला

‘रोमियो' हसनका तीन जुलियट

काठमाडौं- 'रोमियो' हसन राजा खानले तीन जना जुलियटसँग रोमान्स गर्ने भएका छन्। राजधानीमा बिहीबार फिल्म 'रोमियो' निर्माण घोषणामा नायक हसनले फिल्ममा तीन जना नायिकासँग रोमान्स गर्ने जानकारी दिइयो। डेब्यु नायिका ओसिमा बानु 'रोमियो' हसनकी तीनमध्ये एक जुलियट बन्न लागेकी छन्।

लामो विश्रामपछि पुनरागमन गर्न लागेकी मेलिना मानन्धर रोमियोकी अर्की जुलियट हुन् भने निशा अधिकारी पनि तीन जुलियटमध्ये एकका रुपमा देखिनेछिन्। यसअघि हसनकोे 'अलविदा' फिल्म आएको थियो।

नारायण पुरीले फिल्म निर्देशन गर्ने तय भए पनि अन्यत्र व्यस्त भएकाले 'रोमियो'को निर्देशन शंकर कार्कीको जिम्मामा परेको छ। मुस्लिम समुदायकी पहिलो नायिका ओसिमाले सञ्चारकर्मीको जिज्ञासामा आफूलाई मुस्लिम समुदायकी नायिका भन्नुभन्दा नेपाली कलाकार भनिदिए खुसी हुने भन्दै धर्म र समुदायको सानो घेरामा नराख्न आग्रह गरिन्।

निर्देशक कार्कीले स्त्रि्कप्टसँगै फिल्म युनिटले निकै मेहनत गरेको जानकारी दिए। घोषणासँगै फिल्मको एउटा गीत बिहीबार नै सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको छ। गीतमा सुन्दर डान्स स्टेप्ससहित भिडियो बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार दिइने निर्माण समूहले घोषणा गर्‍यो। निशाले गीतबारे भनिन्, ‘ल्याङ ल्याङ बोलको गीतमा भिडियो बनाउनुस्, पुरस्कार जित्नुस्। निर्माण युनिटले डान्स फिल्ममा उपयोग गर्न सकौं।'

आगामी मंगलबार काठमाडौं र आसपासका क्षेत्रमा सुटिङ सुरु हुने रोमियोको निर्माण एचआरके प्रोडक्सनले गर्दैछ। रोमियो निर्माणमा करिब ८० लाख रुपैयाँ लाग्ने अनुमान छ।

फिल्ममा भानुप्रताप ढकाल, विकास खतिवडा, अफिसा श्रेष्ठ, सल्यान मानन्धर, दिपक घिमिरे र नविन उपाध्यायको पनि अभिनय रहने छ।

किरण घिमिरेको पटकथा, सुरेन्द्र पौडेलको सम्पादन, रामेश्वर कार्कीको सिनेम्याटोग्राफी, अष्ट महर्जनको द्वन्द्व, गम्भिर विष्ट र विपिन मिकी गुरुङको नृत्य फिल्ममा रहेको छ। त्यस्तैगरि ताराप्रकाश लिम्बु, योगेश काजी, सुनिल पाण्डे र कुर्वान खानले संगित भरेका छन्।

प्रकाशित: ५ कार्तिक २०७३ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App