‘नेपाली भाषा र सस्कृतिमा केही फरक गरौँ भन्ने लाग्यो’

बिहिबार, १२ बैशाख २०७६, ०८ : २२ नागरिक

नागरिक नायक घोषित संस्कृतविद् जोशीले आफू नेवारी समुदायमा जन्मिएका कारण सुरुमा नेपाली भाषा नजान्दा समस्या परेकाले यसै भाषामै केही गरेर देखाउनुपर्छ भन्ने लागेकाले नेपाली भाषा र संस्कृतिको अध्ययनमा लागेको बताए। नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुरा गर्दै उनले आफूले नेपाली भाषा र संस्कृतिको क्षेत्रमा अध्ययन गर्दा निकै दुःख कष्टसमेत गर्नुपरेको बताए। भाषा र संस्कृतिको अध्ययनका लागि विकट कणालीको सिन्जा उपत्यका जाँदा भोगेका दुःख कष्टबारे जानकारी गराउँदै उनले निरन्तरको प्रयासले आफूलाई यस क्षेत्रमा केही गर्न सफलता मिलेको बताए।

सताब्दी पुरुष जोशीले लामो जीवन जिउनु मात्र ठूलो कुरा नहुने भन्दै अर्थपूर्ण जीवन जिउन सकेमात्र  त्यसको महत्व रहने बताए। त्यस्तै अर्का नागरिक नायक गौतमले पिछडिएको समुदायमा शिक्षाको माध्यमबाट ज्योति छर्न आफू लागिपरेको बताए। रिपब्लिका अग्रेजी दैनिकका सम्पादक सुभाष घिमिरेसँग कुरा गर्दै उनले शिक्षकहरुले जागिरे होइन, सेवाका हिसाबले सोच्नुपर्ने बताए। उनले चौरी गोठमा बस्ने भाइबहिनीहरुको भविष्य उज्ज्वल बनाउन आफूले केही योगदान दिन खोजेको मात्र बताए।

अर्का नागरिक नायक सिंघनियाले फोहोरको डंगुरले भरिने मसानघाटलाई सुन्दर बनाएर स्वर्गको द्वार बनाउने क्रममा निकै दुःख गर्नुपरेको बताए।कहिल्यै नागरिक समाजबाट मिलेको सहयोगका कारण अन्ततः आफूले सुरु गरेको अभियानमा सफलता प्राप्त भएको उनले नागरिक शुक्रबार साप्ताहिकका सम्पादक केपी ढुंगानासँगको कुराकानीमा बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad