काठमाडौं- रामबाबु गुरुङ निर्देशित फिल्म 'पुरानो डुंगा'को प्रोमो सार्वजनिक गरिएको छ। हाईलाईट्स नेपालको युट्युव च्यानलबाट 'पुरानो डुंगा'को तीन मिनेट १२ सेकेन्डको प्रोमो बुधबार औपचारिक रुपमा सार्वजनिक भएको हो।
यसअघि 'कबड्डी'को दुई शृंखला निर्देशन गरिसकेका रामबाबु गुरुङद्वारा निर्देशित 'पुरानो डुंगा' आउँदो मंसिर १० गते रिलिज हुँदैछ। पर्यटन नगरी पोखराको बेगनास ताल आसपास खिचिएको फिल्ममा आर्थिक अभावसँग जोडिएका दुई दाजुभाइबीचको सम्बन्धलाई केन्द्रीत छ। दाजुभाइको भूमिकामा माओत्से गुरुङ र दयाहाङ राईको अभिनय रहेको छ।
माओत्सेले डुंगा खियाएर आफ्नो गुजारा चलाइरहेका हुन्छन्। दयाहाङ चाहिँ सहरतिर बरालिएर हिँड्ने अवारा पनका हुन्छन्। एकदिन दाइ माओत्सेसँग अंश वापत त्यही डुंगा दयाले मागेपछि कथामा उतारचढाव शुरु हुन्छ। 'दुई दाजुभाईको सम्बन्धको उताढचढावलाई कथावस्तु बनाएर फिल्म तयार भएको छ फिल्मको कथा, परिवेश र पात्र फरक भएकाले दर्शकले नयाँपन महशुस गर्न पाउनेछन्,' निर्देशक रामबाबु गुरुङले भने।
पोखरेली रंगकर्मी माओत्से गुरुङको माओत्से गुरुङ फिल्म्स् र सिनेमा आर्टले संयुक्त रूपमा फिल्म निर्माण गरेको हो । फिल्ममा माओत्से गुरुङ, दयाहाङ राई , प्रियंका कार्की, मेनुका प्रधान, डिबी गुरुङ, सुदाम सिके, बुद्धि तामाङ, पुष्कर गुरुङ, नौजङ गुरुङ, सजन थापा, विश्वास गुरुङ र मणिराम पोखरेललगायत कलाकारले अभिनय गरेका छन्।
ओमचन्› रौनियार, रौनकविक्रम कँडेल र धनबहादुर गुरुङ फिल्मका निर्माता रहेको फिल्ममा संगीतकार कालीप्रसाद बास्कोटाले संगीत दिएका छन्। फिल्मको निर्देशक रामबाबु गुरुङ र उपेन्› सुब्बाले संयुत्त रुपमा पटकथा लेखेका हुन्। सिनेमेट्रोग्राफर शैलेन्› डी कार्कीले फिल्म खिचेका छन् भने निमेश श्रेष्ठको सम्पादन गरेका छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत