७ वैशाख २०८१ शुक्रबार
अर्थ

मार्सी धान जोगाउन डिपिआर तयार

खलंगा - विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिएको छ। जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउन गाउँपालिकाले डिपिआर तयार गर्न थालेको हो।

गुरुयोजना निर्माणका लागि डिपिआरको काम अगाडि बढाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए। यसले कालीमार्सीको गुणस्तर, उत्पादन परिणाम तथा उत्पादकत्व बढाउन र यसको संरक्षण गर्न आधार तयार गर्नेछ। ‘मार्सीसहित पातारासी गाउँपालिकालाई कृषि पर्यटनको नमूना गाउँपालिका बनाउने योजनाअन्तर्गत डिपिआरको तयारी भइरहेको हो,’ प्रशासकीय अधिकृत बुढ्थापाले भने।

मार्सी धानले बजार पाउन थालेपछि अहिले यसको उत्पादन तथा संरक्षणमा स्थानीयवासीसमेत जुटेका छन्। यसका लागि सिँचाइ कुलो व्यवस्थित गर्नेदेखि अन्य व्यवस्थापनमा किसानले जोड दिएका छन्। आर्थिक वर्ष ०७३/०७४ मा जुम्लामा कूल छ हजार ९० हेक्टर क्षेत्रफलमा लगाइएको यो धानवालीबाट दुई हजार नौ सय मेट्रिक टन उत्पादन भएको थियो।

 

प्रकाशित: १२ वैशाख २०७६ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App