८ वैशाख २०८१ शनिबार
समाज

डडेल्धुरा बस दुर्घटनाः मृत्यु भएका पाँच जनाको सनाखत, ६ को अवस्था गम्भीर (अपडेट)

भिमदत्त राजमार्गको शाहुखर्कमा बुधबार बिहान दुर्घटना भएको यात्रुबाहक बस ।

डडेल्धुरा– भिमदत्त राजमार्गको शाहुखर्कमा यात्रु बाहक बस दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना पुरुष र दुई जना महिला छन्। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र सडक भिमदत्त राजमार्ग अन्र्तगत गन्यापधुरा गाउँपालिका १ शाहुखर्कमा बस दुर्घटना भएको हो। बस यात्रुसँगै सामानले भरिएको थियो।

दुर्घटनामा ३४ जना घाईते भएका छन्। गम्भीर घाईते ६ जनाको थप उपचारका लागि डडेल्धुरा अस्पतालमा रिफर गरिएको छ। २३ जना मध्यम घाईते भएका छन् भने ५ जना सामान्य घाइते रहेको डडेल्धुरा अस्पतालले जनाएको छ। कैलालीको अत्तरियाबाट बझाङ्ग जादै गरेको ना ६ ख १८३१ नम्बरको कर्णाली रिभर यातायातको बस दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेहरुमा बझाङ्ग केदारस्यु गाउँपालिकाका २५ वर्षीय नरेन्द्रगुरु धामी, केदारस्यु बागथलाका हरुली बोहोरा र कलसि देवी गुरुधामी, तलकोट ४ का ४४ वर्षीय धनबहादुर घार्ती, र भारत बिहारका २५ बर्षिय नसिर कटिहारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

गम्भीर घाईते हुनेमा कैलाली गोदावरी नगरपालिका १० का रमेस चौधरी, बझाङ्ग थलाराकी देवा बोहरा, बझाङ्ग केदारस्युका जगन्नाथ जोशी, बझाङ्ग मष्टा गाउँपालिकाका विनोद थापा र भारत विहारका महोमद गुल्जर रहेका छन्। बुधबार बिहान करिब साढे चार बजे तिर बस सडकबाट सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। क्षमता बढी भार र सहचालकले गाडी चलाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।

प्रकाशित: ११ वैशाख २०७६ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App