८ वैशाख २०८१ शनिबार
अर्थ

प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक

काठमाडौं – प्रदेश नं. ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक गरिएको छ। काठमाडौंमा एक कार्यक्रम गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ब्रान्ड सार्वजनिक गरेका हुन्।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आव ०७५/७६ को स्वीकृत कार्यक्रममा प्रदेश नं. ३ को पर्यटन ब्रान्ड तयार गर्ने योजना समावेश थियो। सोही अनुसार ब्रान्ड तयार गरिएको प्रदेशका पर्यटन विकास आयोजना प्रमुख राजु क्षेत्रीले जानकारी दिए।

प्रदेश सरकारले ०७५ फागुन १० गते मन्त्रिपरिषद्को बैठकबाट पर्यटन ब्रान्ड नाम निर्माणको लागि सार्वजनिक सूचना प्रकाशन गरेको थियो। यसका लागि पर्यटन ब्रान्ड नाम सिफारिस तथा छनोट समिति गठन गरिएको थियो। छनोट भएको उत्कृष्ट एक ब्रान्डलाई एक लाख पुरस्कार मन्त्रालयले व्यवस्था गरेको थियो।

ब्रान्ड नाम सिफारिस समितिले चैत १५ गते सातवटा ब्रान्ड नाम छनोट समितिलाई सिफारिस गरिएको थियो। यसमध्ये क्राफ्टेड हेभन इन नेपालका मनिष रोकायले ‘गन्तव्य: स्वर्ग काल्पनिक हो प्रदेश नंं वास्तविक हो’ भन्ने ब्रान्ड पहिलो प्राथमिकतामा परेको पर्यटन विकास आयोजना प्रमुख क्षेत्रीको भनाइ छ।

उक्त ब्रान्डको लोगोमा मन्दिर, गुम्बा, प्राकृतिक दृश्य, सहित गैंडा रहेको छ।  साथै, कार्यक्रममा प्रदेश नं. ३ को आकर्षण जुगल हिमाल आरोहीलाई सम्मान गरिएको थियो। ब्रान्ड सार्वजनिक कार्यक्रम र जुगल हिमाल आरोहीलाई सम्मान एकैपटक हुँदा मन्त्रायलयले पूर्वतयारी नगर्दा कार्यक्रम भन्द्रगोल रुपमा सञ्चालन भएको थियो। यस्तै ब्रान्डको भिडियो पनि कामचलाउ मात्रै तयार गरिएको थियो। यस्तै, जुगल हिमाल आरोहणको डकुमेन्ट्री पनि बजेट सकाउने खालको मात्रै थियो।

प्रकाशित: ११ वैशाख २०७६ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App