८ वैशाख २०८१ शनिबार
अर्थ

विद्युत् उत्पादन बढाउन निर्देशन

काठमाडौं- सरकारका मुख्य सचिवले लोडसेडिङ घटाउन आगामी असार मसान्तभित्र कम्तीमा थप दुईसय मेगावाट विद्युत् उत्पादन गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय ऊर्जा संकट सम्बन्धी बैठकपछि मुख्य सचिव सोमलाल सुवेदीले 'लोडसेडिङ न्यूनीकरण कार्ययोजना' कार्यान्वयन गर्न उत्पादन बढाउन नर्देशन दिएका हुन।

गत वर्ष सरकारले २ सय मेगावाट बिजुली उत्पादन गरी लोडसेडिङ घटाउने कार्ययोजना बनाएको थियो। तर, कार्ययोजना कार्यान्वयन नहुँदा हालसम्म जम्मा ८६ मेगावाट मात्र विद्युत् उत्पादन भएको छ। कार्ययोजना अनुसार काम नहुँदा हिउँदमा अझै लोडसेडिङ बढ्ने सम्भावना रहेकाले घटाउन सम्बन्धित निकायलाई समन्वयात्मक रुपमा काम गर्न मुन्यसचिवले निर्देश गरेका हुन्।  

चारबुँदे निर्देशन दिँदै मुख्य सचिव सुवेदीले आगामी असार मसान्तभित्र कम्तीमा २ सय मेगावाट विद्युत् उत्पादनको काम सक्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन्। गत हिउँदमा दैनिक १२ घन्टा लोडसेडिङ झेल्नुपरेकाले आगामी हिउँदयाममा लोडसेडिङ न्यूनीकरण गर्न विभिन्न वैकल्पिक उपाय अवलम्बन गरी व्यवस्था मिलाउन मन्त्रालयलाई थप जिम्मेवारी दिइएको छ।

दीर्घकालीन रुपमा जलविद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउन सरकारी, निजी क्षेत्रलगायतबाट हुनसक्ने उत्पादन, आवश्यक जनशक्ति र अन्य स्रोत साधनको आंकलन गर्न ऊर्जा मन्त्रालयलाई यथाशिघ्र अध्ययन गर्नसमेत उनले निर्देशन दिएका छन्। 

बैठकमा उ,र्जा मन्त्रालय, वन तथा भूसंरक्षण मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको उपस्थिति रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।   

प्रकाशित: ५ कार्तिक २०७३ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App