coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

न्याय माग्दै प्रदर्शन, प्रहरीले हान्यो अश्रुग्यास

विराटनगर - मोरङ पथरी शनिश्चरेमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिना बस्नेतको हत्या भएको दाबी गर्दै स्थानीयले हत्यामा संलग्नलाई कारबाहीको माग राखी थालेको प्रदर्शनले उग्र रूप लिएको छ। महेन्द्र राजमार्ग ठप्प पार्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच मंगलबार झडप भएपछि प्रहरीले केही सेल अश्रु्ग्या“स प्रहार गरेको छ।

पथरी शनिश्चरे नगरपालिकामा ताला लगाउन गएका स्थानीयले नगरपालिकाको गेट तोडफोड गरेका थिए। यस्तै इलाका प्रहरी कार्यालय र सुरक्षाकर्मीमाथिसमेत ढुंगामुढा हुन थालेपछि अश्रुग्या“स प्रहार भएको थियो। अश्रुग्या“स प्रहारपछि भागाभाग हु“दा केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गत शनिबार पथरी शनिश्चरेस्थित डेरा रहेको घरअगाडि मृत फेला परेकी रीनाको हत्यारालाई कारबाही गर्न माग गर्दै आन्दोलित बनेका स्थानीयले मंगलबार बिहानैदेखि राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए। स्थानीयको प्रदर्शनका कारण महेन्द्र राजमार्गको पथरी खण्ड ठप्प भएको थियो। पथरी बजारका पसल, व्यवसायसमेत ठप्प भएका थिए।

यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोज केसीले स्थानीयको प्रदर्शन उग्र हु“दै गएपछि नियन्त्रणमा लिन अश्रुग्या“स प्रहार गर्नुपरेको बताए। ‘सार्वजनिक तथा व्यक्तिका सम्पत्तिमा तोडफोड गर्ने, सुरक्षामा खटिएका प्रहरी माथिसमेत ढुंगा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्या“स प्रहार गरिएको हो,’उनले भने। घटनामा तीनजना प्रहरी र केही प्रदर्शनकारी घाइते भएको केसीको भनाइ छ। झडपपछि प्रदर्शनकारीहरू तितरबितर भएकाले अवस्था समान्य हु“दै गएको छ। मंगलबार दिउ“सोदेखि राजमार्ग सुचारु भइसकेको छ भने बजारपसल पनि खुल्न थालेका छन्। घटनाका विषयमा सोधपुछका लागि रिनाका प्रेमी मोरङ सुन्दरहरैंचाका कमल नेपाललाई नियन्त्रणमा लिइएको छ। ‘सोधपुछका लागि कमल नेपाललाई नियन्त्रणमा लिइएको छ,’ प्रहरी प्रमुख केसीले भने। प्रहरी र स्थानीयबीच झडप भएपछि स्थानीय जनप्रतिनिधिहरू र प्रहरी प्रशासनबीच छलफल पनि भएको छ। छलफलमा स्थानीय संयमित हुने र प्रहरीले घटनाको सूक्ष्म रूपमा अनुसन्धान गर्ने सहमति पनि भएको प्रहरी स्रोतले जनाएको छ। स्थानीय कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर स्थानीय आन्दोलित भएका थिए।

रिनाको हत्या भएको उनका आफन्त र स्थानीयले दाबी गरे पनि प्रहरीले भने लडेर मृत्यु भएको बताउ“दै आएको छ। मोरङ प्रहरीका अनुसार अनुसन्धानका क्रममा हत्या गरिएको कुनै प्रमाण भेटिएको छैन। घरको माथिल्लो तलाबाट लडेर रिनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको मोरङका प्रहरी प्रमुख केसीले बताए। ‘घटनाको प्रकृति हेर्दा हत्या भएको आशंका गर्ने ठाउ“ नै देखिँदैन,’ उनले भने। यद्यपि पोस्टमार्टमको रिपोर्ट आइनसकेका कारण रिपोर्ट आइसकेपछि मात्रै यकिन हुने केसीले जानकारी दिए। रीनाको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

यता मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले राजमार्ग अवरुद्ध पार्दै आन्दोलनमा उत्रेपछि बल प्रयोग गर्नुपरेको बताएका छन्। उनका अनुसार सडकमा टायर बालेर स्थानीयले प्रदर्शन गरी आवागमन थप्प पारेपछि सडक सुचारु गर्न बल प्रयोग गरिएको स्पष्ट पारे। उनका अनुसार राजमार्ग खुलाउने क्रममा स्थानीय र सुरक्षाकर्मीबीच झडप हु“दा १० सेल अश्रुग्या“स प्रहार गरिएको छ। स्थानीयको प्रदर्शनले करिब तीन घन्टा राजमार्ग ठप्प भएको केसीले बताए। मंगलबार दिउ“सोदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेको पनि केसीले जानकारी दिए।

प्रकाशित: ११ वैशाख २०७६ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App