६ वैशाख २०८१ बिहीबार
राजनीति

बागी उम्मेदवार बने जिल्ला अध्यक्ष

रामेछाप - रामेछापमा नेतृत्व चयनमा चर्चामा रहेकाभन्दा नयाँ अनुहार आएपछि पार्टी तहदेखि सिंगो जिल्लामा नयाँ तरंग पैदा भएको छ। केही घन्टाअघिसम्म सत प्रतिशत टुंगिएको अवस्थामा आएको नाम केही बेरमा परिवर्तन भएर नयाँ नाम आउँदा सबैमा आश्चर्य उत्पन्न गराएको छ।

जिल्ला नेतृत्वमा लागि अध्यक्षमा माअ‍ोवादीका पूर्वसंविधानसभा सदस्य रहेका डिल्लीमान तमाङ र सचिवमा नेकपा एमालेमा सचिवकै जिम्मेवारी सम्हालेका आनन्द श्रेष्ठको नाम आधिकारिक जस्तै गरी सार्वजनिक भएको थियो। धेरैले नयाँ जिम्मेवारीका लागि बधाई तथा कार्यकाल सफलताको शुभकामना पनि दिएका थिए। तर त्यसको केही समय बित्न नपाउँदै चर्चामा रहेका नाम हटेर नयाँ सूची आधिकारिक रूपमा बाहिर आयो। पार्टीले अध्यक्षमा महिनकुमार मोक्तान र सचिवमा शान्तिप्रसाद पौडेलको नाम सार्वजनिक ग-यो। पार्टीले नाम सार्वजनिक गर्न साथ साविकका दुवै पार्टीमा बहसको विषय बनेको छ।

माओवादी पार्टीमा लामो समय काम गरेका मोक्तानले पार्टीभित्रको अन्यायका विरोधसमेत गर्दै आएका थिए। मोक्तान गएको संघीय निर्वाचनमा गठबन्धन र टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टीका उमेद्धवारविरुद्धमा बागीका रूपमा मनोनयन दर्ता गराएका थिए। उनको मनोनयन दर्ता फिर्ता लिन त्यसबेलाको गठबन्धन भएका दलका शीर्षस्थ नेताहरूले ठूलै प्रयास गरेर मोक्तानलाई चित्त बुझाएपछि उनले आफ्नो बागी उम्मदवारी फिर्ता लिएर पार्टीका आधिकारिक उम्मेदवार जिताउनका लागि लागिपरेका थिए। त्यही बेलाको नेताको आश्वासनका कारण उनी यतिबेला माथि आएको हुन सक्ने अनुमान केही व्यक्तिहरूको रहेको छ। यद्यपि उनले भूमिगत अवस्थादेखि नै पार्टीमा सक्रिय रहेर जिल्ला सेक्रेटरी, सहइन्चार्ज र संयोजकको समेत जिम्मेवारी समहाली सकेका छन्।

तत्कालीन समयमा दाङको हापुरेमा सरकार र विद्रोही पक्षबीच शान्तिपूर्ण वार्ता भइरहेको अवस्थामा भएको दोरम्बा हत्याकाण्डका बेला सेनाको घेराबाट फुत्किएर बाच्न सफल भएकाले मोक्तानलाई पार्टीले ज्यूँदो सहिदको उपाधिसमेत दिएको छ। पार्टीको सचिवमा रामेछाप प्रदेशसभा (क) का सांसद तथा साविक नेकपा एमालेका अध्यक्षसमेत रहेका शान्तिप्रसाद पौडेलको नाम सार्वजनिक भएको छ। पार्टीले प्रदेश माननीयसमेत रहेकै मान्छेलाई दोहोरो जिम्मेवारी दिएको छ। प्रदेश सांसद भएर पार्टीमा भूमिका निभाउन सक्ने मानिसलाई नै दोहोरो जिम्मेवारी दिँदा जिल्लामा बसेर काम गर्ने नेतृत्वमाथि अन्याय भएको नेकपाका एक नेताले बताए। उनले भने, ‘माथिल्लो नेतृत्वले केही आँकलन गरेर र केही उद्देश्य राखेर नै नेतृत्वको जिम्मेवारी दिएको हुनसक्छ त्यसको नतिजा हेर्न बाँकी छ।’

सचिवको चर्चामा रहेका नेता आनन्द श्रेष्ठले भने पार्टीले नीतिगतरूपमा गरेको निर्णयलाई स्वीकार्नुपर्ने बताए। उनले आफूले विरोध गर्नेभन्दा पनि पार्टीको काम गर्नका लागि नीतिगत रूपमा आएको नेतृत्वलाई सघाएर अघि बढनुपर्ने बताए। श्रेष्ठले भित्री मनमा खल्लोपन महसुस गरेको भए पनि अभिव्यक्ति दिने क्रममा भने नेतृत्व गर्छु भन्ने मानिसमा हुनु पर्ने सहनशीलता भने खुला हृद्धयका साथ मिडियासामु प्रस्तुत गरे। श्रेष्ठले नेकपा एमालेको भातृ संघ संस्थाका विभिन्न पदिय जिम्मेवारीमा रहदै पार्टीको जिल्ला सचिवको नेतृत्व समेत सम्हालि सकेका छन। गएको स्थानिय तहको निर्वाचनमा मन्थली नगरपालिकामा मेयरका लागि टिकटको उच्च चर्चामा समेत रहेका श्रेष्ठ पार्टीको एकतापश्चात मुख्य जिम्मेवारीमा आउँछन् भने जिल्ला पार्टी तह र पार्टी इतरको तहले समेत गरेको आंकलन यतिबेला फेल खाएको छ।
यता, नेकपा रामेछापमा आएको नेतृत्वका सन्दर्भमा नेकपाका युवा नेता प्रकाश कार्कीले पार्टीले गरेको नीतिगत निर्णय सबैका लागि स्वीकार्य रहेको प्रतिक्रिया दिए।

कार्कीले असन्तुष्टिका कुरा र थप अभिव्यक्ति भने दिन चाहेनन्। कतिपयले जिल्लामा आएको नेतृत्वलाई आश्चार्य मानेका छन् भने कतिपयले सामान्यरूपमा लिएका छन। जिल्ला अध्यक्ष बनेका महिनकुमार मोक्तानले भने पार्टीले आपूmमाथि न्याय गरेको बताए। अन्यायविरुद्ध लडिरहेका मोक्तान पार्टीले एकदिन आपूmमाथि न्याय गर्ने आशामा नै संघर्ष गरिरहेको बताए। परिस्थितिले बीचमा पनि अन्यायमा पर्ने हो कि भन्ने शंका उपशंका उब्जिएको भए पनि अन्ततः पार्टीले न्यायोचित निर्णय गरेको बताए। उनले आफूले अब पार्टीलाई साच्चिकै कम्युनिस्ट पार्टी बनाउने बताए। स्वाभिमानी, अनुशासन र चेन अफ कमाण्डमा चल्ने शसक्त र अरुभन्दा फरक पार्टीका रूपमा अगाडि बढाउने योजना रहेका बताए। उनले जनतामा रहेका केही भ्रमसमेत चिरेर जाने बताए। नेतृत्वमा आउँदै गर्दा केही साथीहरू असन्तुष्ट हुनु स्वभाविक रहेको प्रतिक्रिया दिँदै मोक्तानले सबैलाई मिलाएर र सबैसँग हातेमालो गर्दै पार्टीलाई फुट र गुटमा नभई एकताबद्ध बनाएर लैजाने बताए।

प्रकाशित: ११ वैशाख २०७६ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App