८ वैशाख २०८१ शनिबार
समाज

डडेल्धुराको साहुखर्कमा बस दुर्घटना,पाँच जनाको मृत्यु भएको पुष्टि

पुष्कर भण्डारी

डडेल्धुरा - डडेल्धुराको साहुखर्कमा यात्रुबाहक बस दुर्घटना भएको छ। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस बुधबार बिहान डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले पुष्टि गरेको छ। मृत्यु हुनेमा तीन पहिला र दुई पुरुष छन्। उनीहरुको सनाखत भएको छैन। अन्य २० जना घाईते भएका छन्। घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका लागि लगिएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। यस अघि उक्त दुर्घटनामा सात जनाको मृत्यु भएको विवरणहरु आएका थिए।

 

 

प्रकाशित: ११ वैशाख २०७६ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App