coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकमा पहिलोपटक महिला सिडिओ

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकले पहिलो पटक महिला प्रमुख जिल्ला अघिकारी (सिडिओ) पाएको छ। गृह मन्त्रालयकी उपसचिव गोमादेवी चेम्जोङ पहिलो पटक जिल्ला प्रमुख भएर आएकी हुन्। 

जिल्लाको ४७ औँ सिडिओको रुपमा उनले कार्यभार सम्हालेकी छिन्। यसअघि ४६ जना पुरुष सिडिओ बन्दा महिलाले यो अवसर पाएका थिएनन्। शुक्रबार हाजिर भएर पदभार सम्हालेकी चेम्जोङ जिल्लाको बस्तुस्थिति र समस्या बुझ्न कर्मचारी, राजनीतिक दलका नेता, नागरिक समाजसँग भेटघाट र अन्तरक्रियामा ब्यस्त छिन्। 

कर्मचारी समयोजनमा संघ रोजेकी उनी गृहमन्त्रालयबाट सरुवा भएर आएकी हुन्। उनले यसअघि भोजपुरको सिडिओ चलाएकी थिइन्। सिन्धुपाल्चोकले यसअघि उपसचिव दुर्गा बञ्जाडेलाई पहिलो सहायक सिडिओ पाएको थियो। जिल्लाको सिडिओमा सहसचिव दरबन्दी रहे पनि गृहले चेम्जोङलाई बरिष्ठ उपसचिवको हैसियतमा कामु सहसचिव बनाउँदै जिल्ला प्रमुखको जिम्मेवारी दिएको हो।

सञ्चारकर्मीसँग भेट गर्दै सिडिओ चेम्जोङले जिल्लावासीसँग हातेमालो गरेर काम गर्ने बताइन्। ‘समस्या पहिचान गरी प्राथमिकताको आधारमा काम गर्छु,’ सबैको सहयोग अपेक्षा गर्दै उनले भनिन्। सुशासन, पारदर्शिता, छिटोछरितो र सहज सेवा प्रवाहमा जोड दिने उनले प्रतिवद्धता जनाइन्। 

१४ वर्षअघि २०६३ मा शाखा अधिकृतको रुपमा निजामती सेवा प्रवेश गरेकी चेम्जोङले विभिन्न मन्त्रालय र विभागमा बसी कार्यानुभव बटुलिसकेकी छिन्। २०६९ मा उपसचिवमा बढुवा पाएकी उनले अख्तियार, महिला मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, अध्यागमन विभागमा बसेर काम गरेकी छिन्। ‘हरेक पद र पेशाको धर्मभित्र रहेर काम गर्ने हो भने जुन भूमिकामा पनि सफलता हाँसिल गर्न सकिन्छ,’ उनले दृढतापूर्वक भनिन्।

प्रकाशित: १० वैशाख २०७६ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App