८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

किम र पुटिनकाे पहिलाे भेटवार्ता बिहीबार हुने

मस्को- उत्तर कोरियाली नेता किम जाेंग उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ।

रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूर पूर्वस्थित शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने छ। यो दुई नेताबीचको पहिलो प्रत्यक्ष भेट हो।

“भेटमा दुई मित्रराष्ट्रका नेताबीच कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि राजनीतिक तथा कूटनीतिक समाधानको पहलका बिषयमा छलफल हुने कार्यक्रम तय भएको छ,” क्रेमलिनका विदेश नीति हेर्ने सहयोगी यूरी उसाकोभले पत्रकारसँग बताए। एएफपी

प्रकाशित: १० वैशाख २०७६ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App