७ वैशाख २०८१ शुक्रबार
राजनीति

काँग्रेस नेता ताम्राकारको निधन

काठमाडाैं- नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ। निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेसले जनाएको छ।

पूर्व स्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रहेका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए। भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आएका थिए।

नेता ताम्राकारको निधनको खबरसँगै काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने तयारी भइरहेकाे पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रकाशित: १० वैशाख २०७६ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App