coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

केन्द्रीय सदस्य वाग्लेद्वारा सचिव अस्वीकार, निर्णय सच्याउन माग

सर्लाही सचिवमा मनोनित नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले । तस्बिर : टंक/नागरिक

सर्लाही - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डाचाराज वाग्लेले पार्टीले सोमबार सार्वजनिक गरेको सूचीमा आफूलाई सर्लाहीको सचिवमा मनोनयन गरिएको प्रति असन्तुष्टी जनाएका छन्।

सोमबार अबेर राती पत्रकार सम्मेलन गर्दै नेता वाग्लेले केन्द्रीय कमिटीको उपहास नै हुने गरी आफूलाई प्रदेश सदस्यको मातहतमा राखिएको गुनासो गरे। ‘पार्टीले सार्वजनिक गरेको जिल्ला अध्यक्ष र सचिवको सूची अनुसार सर्लाहीको हकमा केन्द्रीय कमिटीकै उपहास गरिएको छ’, उनले भने, ‘त्यसैले मैले सचिव पद अस्वीकार गर्ने निर्णय लिएको छु।’

नेकपाले सोमबार दिउँसो घोषणा गरेको सूची अनुसार सर्लाही अध्यक्षमा प्रदेश कमिटी सदस्य रेवती पन्त तथा सचिवमा केन्द्रीय सदस्य डाचाराज वाग्ले मनोनित भएका छन्। केन्द्रीय सदस्यबाट जिल्ला सचिवमा घटुवा भएपछि वाग्ले निकटका नेता कार्यकर्ताले व्यापक असन्तुष्टी समेत जनाएका छन्। ‘दिउँसो सूची सार्वजनिक भएदेखि जिल्लामा मेरै नाम गरेका अरु कोही साथीहरु रहेछन् की भनेर बुझ्दा कोही नहुनु भएको र म नै सचिवमा मनोनित भएको  पक्का भएपछि आप्mना भनाई पत्रकार साथिसँग राख्न राती अबेर भयो’, उनले भने, ‘सर्लाहीको हकमा पार्टीले एकदम गलत निर्णय गरेको छ र म यो निर्णय सच्याउन समेत नेतृत्वसँग माग गर्दछु।’

पत्रकार सम्मेलनमा तत्कालिन एनेकपा माओवादीका स्थायी कमिटी सदस्य समेत रहेका वाग्ले सहित तत्कालिन नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसद्द्वय डिल्लीप्रसाद उप्रेती र बेची लुंगेली एवं नेताहरु हरि उप्रेती, सुरेन्द्र लामा, उत्तरकुमार मैनाली तथा तत्कालिन माओवादीबाट निर्वाचित बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, जिल्ला अध्यक्ष कमल बुढाथोकी लगायत दुवैतर्फका डेढ दर्जन नेताकार्यकर्ताहरुको उपस्थिती रहेको थियो। नेतृत्वले तत्काल निर्णय नसच्याए समानान्तर कमिटी गठन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन्।

प्रकाशित: १० वैशाख २०७६ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App