कृत्रिम उपग्रह र नेपाल

मङ्गलबार, १० बैशाख २०७६, ०९ : ४६ डा. सुभाष पोखरेल

गत हप्ता नेपालले आफ्नो भूउपग्रह अन्तरिक्षमा पठाएको खबर चर्चामा रह्यो। सरकारको आर्थिक सहयोगमा नेपाली वैज्ञानिकहरूले जापानको प्रयोगशालामा बनाएका स्याटालाइट अमेरिकी अन्वेषण निकाय ‘नासा’ को मद्दतमा अन्तरिक्षमा पुग्यो। केही महिनापछि नै आफ्नो कक्षमा उक्त उपग्रहले पृथ्वीको परिक्रमा गर्ने र गहकिला सन्देशहरू आउने छन्। अहिलेको उपग्रहको सफलतापछि अर्को सालसम्ममा नेपालले अझ परिस्कृत भूउपग्रह अन्तरिक्षमा पठाउने र त्यसका लागि वैज्ञानिकहरू कार्यरत रहेको खबर छ।

कुनै पनि परिणामको सकारात्मक र नकारात्मक टिप्पणी आउनु अन्यथा होइन। र, भूउपग्रहको प्रक्षेपणका सन्देश अपवाद हुने कुरा भएन नै। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको बताए। वैज्ञानिकहरू उत्साहित देखिए। अर्को पक्षको राय पृथक देखियो। सिटामोल खान नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यता रहेको मुलुकले स्याटलाइट निर्माणमा पैसा खर्चनु बुद्धिमानी नरहेको भन्ने पनि देखिए। त्यस्तै आधा शताब्दीअघि नै स्याटलाइटले पृथ्वी परिक्रमा गरेको अवस्थामा अहिले नेपालले भूउपग्रह पठाउनु कुनै ठूलो कुरा नभएको भन्ने पनि आए। दक्षिण अफ्रिकाका डाक्टर क्रिस्टियन बर्नाडले सन् १९६७ मा मुटु प्रत्यारोपण गरिसकेकाले भगवान कोइरालाले अहिले ओपन हार्ट सर्जरी गर्नु कुनै ठूलो कुरा होइन भन्न सकिएला र ? विज्ञानमा आविष्कारको सर्वाधिक महŒव छ तर त्यसको मतलव कुनै पनि अन्वेषणलाई दोहो¥याउनु चर्चायोग्य कुरा होइन भन्न सकिन्न नै।

कुनै पनि ठूलो वस्तुलाई फन्को मारिरहने चिजलाई स्याटलाइट भनिन्छ। पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ अनि चन्द्रमाले पृथ्वीलाई घुम्छ। त्यसैले पृथ्वी सूर्यको र चन्द्रमा पृथ्वीको स्याटलाइट हो। पृथ्वी र चन्द्रमा प्रकृतिको वरदान भएकाले तिनीहरूलाई न्याचुरल स्याटलाइट भनिन्छ। प्राकृतिक उपग्रह जस्तै मानव निर्मित उपकरण बनाएर ग्रहको चारैतिर घुमाउन सकिन्छ कि त भनी वैज्ञानिकहरूले धेरै मेहनत गरे। परिणामस्वरूप तत्कालीन सोभियत संघका वैज्ञानिकहरूले सन् १९५७ मा ‘स्पुत्निक १’ नामक भूउपग्रह सफलपूर्वक सञ्चालनमा ल्याए। स्पुत्निकले पृथ्वीको परिक्रमा गर्न थाल्यो। पछि, अन्तरिक्ष अभियान यात्राको चौहद्दी बढ्दै गयो। संसारका धेरै देश अन्तरिक्ष उत्खनन्मा जुटे। र, यो वर्ष नेपालसमेत मानवनिर्मित स्याटलाइट अन्तरिक्षमा पठाउने मुलुक बन्यो। माल्दिभ्स र अफगानिस्तानलाई अपवाद मान्ने हो भने सार्कका सबै सदस्य राष्ट्रका आआफ्नै स्याटलाइट अन्तरिक्षमा छन् भन्ने बिर्सन हुन्न। भुटानले समेत गत वर्ष आफ्नो स्याटलाइट राखिसकेको अवस्थामा नेपालले २–४ करोड रुपियाँ खर्चिएर भूउपग्रह राख्नु के गलत हो त ? संसारका आधाभन्दा अधिक देशले आआफ्नो भूउपग्रह राखेका र स्याटलाइटले पठाएका खबरका आधारमा सकारात्मक काम गरेको परिप्रेक्ष्यमा नेपालले प्रक्षेपण गरेको भूउपग्रहबारे प्रश्न गर्नु उचित नहोला।

कुनै पनि ठूलो वस्तुलाई फन्को मारिरहने चिजलाई स्याटलाइट भनिन्छ। पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ अनि चन्द्रमाले पृथ्वीलाई घुम्छ। त्यसैले पृथ्वी सूर्यको र चन्द्रमा पृथ्वीको स्याटलाइट हो।

गैरनाफामूलक वैज्ञानिक संस्था ‘युसिएस स्याटलाइट’ को तथ्याड्कका अनुसार संसारमा झण्डै २ हजार क्रियाशील भूउपग्रहले पृथ्वीको परिक्रमामात्र गरेका छैनन, बरु नियमितरूपमा आफूले संकलन गरेका तथ्याड्क आफ्ना आधार शिविरमा पठाइरहेका छन्। चलिरहेका भूउपग्रहभन्दा अन्तरिक्षमा थन्किएका उपग्रहको संख्या अझ बढी छ। राजमार्गमा बिग्रिएर बसेका गाडीहरूले ट्राफिक समस्या ल्याएझैं निष्क्रिय स्याटलाइटहरूले अन्तरिक्ष व्यवस्थापनमा समस्या ल्याएको बताउँछ युसिएस स्याटलाइट। सन् २००९ को फरबरी १० का दिन क्रियाशील अमेरिकी स्याटलाइट र थन्किएर बसेको रसियन उपग्रह एकापसमा ठोक्किएर तहसनहस भएको यथार्थले अन्तरिक्षमा कति चाप छ भन्ने बुझ्न पर्याप्त छ।

नेपाललगायत संसारका झण्डै ९० देशले आआफ्नो भूउपग्रह सञ्चालन गरेका छन् भने संयुक्त राज्य अमेरिकाका एक्लैका ९ सय भूउपग्रहले नियमितरूपमा पृथ्वीको परिक्रमा गरिरहेका छन्। सञ्चारको सहजीकरण, वातावरणीय विनास, मौसमको भविष्यवाणी, टेलिभिजन प्रसारण, अर्को देशको निगरानीमात्र होइन, खगोल तथा बाह्य तारापुञ्जको अध्ययन तथा अनुसन्धानमा समेत स्याटेलाइटहरूले निरन्तर काम गरिरहेका हुन्छन्। अब, स्याटेलाइटको विकासले सञ्चारलाई कसरी आधुनिकीकरण ग-यो भन्ने यथार्थ हेरौँ:

पहिले पहिले एक स्थानबाट अर्को स्थानमा फोन गर्दा तार प्रयोग गरिन्थ्यो। काठमाडौँदेखि जनकपुरबीच सम्पर्कका लागि टेलिफोनका तारले सहजीकरण गर्ने गथ्र्याे। पछि, सेल फोनको आविष्कारपछि आइफोनले सर्वप्रथम नजिकको टावरसँग सम्पर्क गर्छ अनि एक टावरले अर्को टेलिफोन टावरसँग समन्वय गर्छ र अन्तमा दोस्रो व्यक्तिको फोनसँग सम्पर्क कायम हुन्छ। विगतमा तारमातर्फ हुने काम अहिले टेलिफोन टावरवीचको ताररहित सम्पर्कद्वारा हुन्छ।
अमेरिकामा बसेको मानिसले स्याटलाइट फोनमार्पmत काठमाडौँमा बसेको मानिससँग कसरी सम्पर्क गर्छ ? त्यता हेरौँ। अमेरिकाको ग्राहकले फोन गर्दा सेवा प्रदायक कम्पनीले सर्वप्रथम अमेरिकी आकासमा रहेको आफ्नो स्याटलाइटसँग सम्पर्क गर्छ अनि उक्त स्याटलाइटले दुई भिन्न स्थानमा भएको सेलफोन टावरले समन्वय गरेझँै नेपाली आकासमा रहेको अर्को स्याटलाइटसग सम्पर्क स्थापित गर्छ। अनि नेपाली आकासमा रहेको स्याटलाइटले काठमाडौँको ग्राहकसँग सम्पर्क कायम गराउँछ। भूउपग्रहले पृथ्वीको दुई विपरित कुनामा बसेका व्यक्तिबीच कति सजिलै सम्पर्क कायम गराउँछ भन्ने कुराको एउटा उदाहरण हो। त्यस्तै कुरा इन्टरनेट, टेलिभिजन, रेडियोलगायतका सबै सञ्चार माध्यमका लागिसमेत सत्य भएको यथार्थ बुझ्न आवश्यक छ।

भुटानले समेत गत वर्ष आफ्नो स्याटलाइट राखिसकेको अवस्थामा नेपालले २–४ करोड रुपियाँ खर्चिएर भूउपग्रह राख्नु के गलत हो त ? संसारका आधाभन्दा अधिक देशले आआफ्नो भूउपग्रह राखेका र स्याटलाइटले पठाएका खबरका आधारमा सकारात्मक काम गरेको परिप्रेक्ष्यमा नेपालले प्रक्षेपण गरेको भूउपग्रहबारे प्रश्न गर्नु उचित नहोला।

आकासमा रहेका हजारौँ स्याटलाइटले आआफ्नो दायित्व निर्वाह गर्छन्। कुनै उपग्रहको दायित्व सञ्चारको सहजीकरण हो भने कसैको काम पृथ्वीको वातावरणीय विनासको अध्ययन हुन्छ। त्यस्तै सामरिक महŒवको भूउपग्रहले अर्को देशले के÷कस्तो हतियार बनाउँदैछ त्यसको अध्ययन गर्छ। उदाहरणका लागि केही महिनाअघि अमेरिकाले उत्तर कोरियाले फलानो ठाउँमा आणविक हतियार बनाउन लागेको खबर सार्वजनिक ग¥यो। उत्तर कोरियाली भूभागलाई केन्द्रित गरी आफ्नो स्याटलाइटले खिचेको तस्बिरलाई आधार मानी अमेरिकी गुप्तचर संस्थाले उक्त प्रमाण दियो। भूउपग्रहमार्पmत एक देशले अर्को देशविरुद्ध कसरी गुप्तचरी गर्छ भन्ने उदाहरण हो यो।

त्यस्तै, ग्लोबल वार्मिङका कारण एन्टिर्कटिकालगायत संसारको विभिन्न स्थानको हिमक्षादित भूभागका बरफ कसरी पग्लिएका छन् त्यसको अध्ययन गर्नसमेत उपयुक्त स्थानमा स्याटलाइट जडान गरियो। उपग्रहले लामो अवधिसम्म पठाएका तस्बिरको विश्लेषण गरी संसारमा हिउँ कसरी पग्लिरहेको छ, त्यसको अध्ययन गरेर नतिजा निकाल्ने हो। त्यस्तै कहिलेकाहीँ ठूलो भूभागमा बाष्पयुक्त हावा चल्नाले भीषण वर्षा हुन्छ अनि धेरै बासिन्दा बाढीबाट प्रभावित हुन्छन्। धेरै धनजनको क्षति हुन्छ। त्यस्तै सुक्खा हावाको बहाबले एउटा ठूलो भूगोल भीषण आगलागीको सम्भाव्य इलाका बन्छ। कस्तो किसिमको हावा कुन स्थानबाट कता बहँदैछ भन्ने कुरा स्याटलाइटको माध्यमबाट एकिन गर्न सकिने भएकाले प्राकृतिक विपत्बाट जोगाउन सकिन्छ ।

गत महिना टोर्नेडोका कारण बारा जिल्लामा धेरै मानिस मारिए। विपरित धारबाट आएका सुक्खा र वाष्पयुक्त हावा एकापसमा मिसिँदा ज्यानमारा भूमरी आयो। ठूलो जन÷धन क्षति भयो। भूउपग्रहले हावाको बहाब र प्रकृति सहजै ठम्याउन सक्छ। तसर्थ, उपयुक्त स्थानमा भूउपग्रह हुँदो हो त स्याटलाइटका तस्बिरहरूले बाराको सम्भाव्य टोर्नेडोको आकलन सहजै गथ्र्यो। त्यति धेरै मानिस मारिने थिएनन्। प्राकृतिक विपत्बाट जोगिनसमेत कसरी स्याटलाइट सहयोगी हुन्छ भन्ने देखियो।

भूउपग्रहहरूको काम फरक भएकाले तिनीहरूलाई कार्यप्रकृतिअनुसार भिन्न भिन्न उचाइमा स्थापित गरिन्छ। साथै, स्याटलाइटहरू एकापसमा नठोक्किउन् भन्नका लागि तिनीहरूका लागि फरक फरक मार्गमा स्थापित गरिन्छ। पृथ्वीको गुरुत्वाकर्षण शक्तिसँग सन्तुलन कायम गर्न स्याटलाइटहरूको गति तय गरिन्छ। र, भूउपग्रहले आवश्यक शक्ति सौर्य ऊर्जामार्फत प्राप्त गर्छन्। कुनै निश्चित भौगोलिक इलाकाको अध्ययनका लागि स्थापित गरिएका भूउपग्रहहरू सदैव त्यही इलाकामा स्थिर राख्नुपर्ने हुन्छ। एकै स्थानमा स्थिर भएर बस्ने भूउपग्रहलाई ‘जियो स्टेसनरी स्याटलाइट’ भनिन्छ। उदाहरणका लागि नेपालको हावापानी अध्ययन गर्न स्थापित गरिएको भूउपग्रहले  मौसम परिवर्तनको आकडाहरूलाई निरन्तर सम्प्रेषण गर्ने हँुदा त्यस्ता स्याटलाइट सदैव नेपाली आकासमा स्थिर भएर बस्छन्। पृथ्वीले आफ्नो कक्षमा घुम्ने रफ्तार र स्याटलाइटको गति समान रहने हँुदा ती भूउपग्रह पृथ्वीको कुनै ठाउँमाथि स्थिर देखिन्छन्। यस्ता स्याटलाइट पृथ्वी सतहभन्दा झण्डै ३६ हजार किलोमिटर माथि प्रतिस्थापित गरिन्छ।  

पृथ्वीको धेरै इलाकाको निगरानी गर्ने लक्ष्यले राखिएका भूउपग्रहहरू प्रायःजसो समुन्द्र सतहदेखि २०० देखि २००० किलोमिटरको उचाइमा राखिन्छ। यद्यपि ती उचाइ म्याजिक नम्बर भने होइनन्। कम उचाइमा स्थापित गरिएका स्याटलाइटहरूको रफ्तार पृथ्वीको गतिभन्दा निकै भिन्न हुने हुँदा तिनीहरूले केही मिनटमै पृथ्वीको परिक्रमा गर्न सक्छन्। पृथ्वीलाई घुम्न धेरै समय नलाग्ने भएकाले त्यस्ता भूउपग्रहले ठूलो भूभागको तथ्यांक  छोटो समयमै संकलन गर्न सक्छन्।

उल्लिखित घटनाले स्याटलाइटको सहाराले संसार र ब्रह्माण्डमा भएका विभिन्न गतिविधिको अध्ययन सहज बनाएको देखियो। तर स्थानीयरूपमा राखिने भूउपग्रहको दायित्व स्थानीय समस्या समाधान गर्नु नै हो। नेपाली भूउपग्रहको अधिकतम उपभोग गर्दै कसरी फाइदा लिने भन्ने कुरामा हामी सजग हुन आवश्यक देखियो। विगतमा बाढी पहिरो, आँधीबेहरी तथा टोर्नेडो जस्ता प्राकृतिक विपत्का कारण हामीले धेरै नोक्सानी बेहोर्नुपरेको परिवेशमा नेपालले प्रथम चरणमा मौसमी हाल प्रक्षेपण गर्न सक्नेखालका भूउपग्रह स्थापनामा ध्यान दिन आवश्यक देखियो। भूउपग्रहको औचित्यका सम्बन्धमा छलफल गर्नुभन्दा भविष्यमा कस्ता स्याटलाइट स्थापना गर्ने र तिनीहरूलाई के काममा खटाउने भन्ने विषयकेन्द्रित बहस सामयिक हुन्छ।







यसमा तपाईको मत


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...