कथा

भाग्य

मङ्गलबार, १० बैशाख २०७६, ०७ : ५३ शरद अधिकारी

फागु पूर्णिमा अर्थात होलीको दिन। पहाडको होली। विहानको समय बाहिर बालबालिकाहरू एकदम होहल्ला गरिरहेका थिए। मेरो निद्रा खुल्यो बाहिर निस्केँ। केटाकेटीको अनुहारमा खुसी झल्किरहेको थियो। सबै होली मनाउँदै थिए एकअर्कालाई अबिर लगाउँदै लोला हान्दै। मलाई नि त्यो देखेर मेरो बाल्यकालको याद आयो– म होलीमा लोला बनाएर साथमा अबिरका विभिन्न रङ बोकेर गाउँगाउँमा डुल्थेँ। अनि बाटोमा जो भेटिन्छ सबैसँग होली खेल्थेँ। लोला हान्थेँ त्यसको आनन्द बेग्लै थियो।

आज पनि होली खेल्न मन लाग्यो। तर, साथीहरू कोही थिएनन्। एक्लै भएपनि बाहिर निक्लिएँ। बाटोभरि मानिसको भिडभाड थियो। सबै ग्रुप बनाएर होलीको मजा लिँदै थिए। बाटोभरि सबैको अनुहारमा खुसी झल्किन्थ्यो। एउटी केटी अगाडि आइन्।
‘होली खेल्न हुन्छ हो तपाईंलाई’ प्रश्न गरिन्।
‘हुन्छ’ जवाफ दिएँ।

किन नलगाउनु भएको त ? म लगाइदिम्। उनले सोधिन्।
म हाँस्दै हुन्छ भने।
उनले अनुहारभरि रङ दलिदिइन्। मैले ह्याप्पी होली भनेँ।
हजुरलाई पनि भनेर अगाडि बढिन्।

ठमेल प्रवेश गरेँ। बाह्य पर्यटक पनि होलीमा रमाएका थिए। हेर्दै हाँस्दै आफैआफैमा खुसी हुँदै अगाडि बढिरहेँ। त्यति नै बेला सानो बालकले लोलाले हिर्कायो। पानीले चिसो भयो। शरीरमा पानी पर्दा सिरिंग तरंग पैदा भयो हाँस्दै फर्केर हेरेँ। भाइ होली हो होली भनेर हाँस्यो। भाइसँग रमाइलो गर्दै थिएँ त्यही साइडमा बालबच्चासँग खेलिरहेकी एउटी युवतीलाई देखेँ। मुस्कानका साथ बालबच्चासँग जिस्कँदै नाच्दै होलीको मजा लिइरहेकी थिइन्। म हेरिरहेँ। उनको त्यो रुपले मलाई कायल नै बनायो। अनुहार पानीले भिजेपनि प्रशन्न थियो। जिउ पनि पानीले पूरा भिजेकी थिइन्। लगाएका लुगा कलरफुल भएका थिए।

अचानक होहल्ला भयो। मेरो ध्यान होहल्लातिर गयो। दुईवटा ग्रुपबीच भनाभन भइरहेको थियो। रङ लगाउने तरिका अलि नराम्रो दृष्टिकोण लिएर भएको थियो जस्तो लाग्यो। तर, म बेवास्ता गर्दै फर्किएँ। तर, ती केटी गइसकेकी रै’छिन्।

म पनि त्यहाँबाट निक्लिएँ। वसन्तपुरमा रमाइलो गर्दै घर फर्किएँ। अनि कोठामा गएर साथीलाई भनेँ। आज मैले सुशील सुन्दरीलाई देखेको बताएँ। उसलाई देख्ने बित्तिकै मेरो मनमा तरंग पैदा भएको पनि बताइदिएँ। हफ्ता दिन बित्दा पनि उनकै बारेमा सोच्न थालेको थिएँ। तर, त्यो पहिलो र एक नजरको हेराइले मलाई उनकै बारेमा सोच्न बाध्य बनाउला भन्ने मलाई के थाहा। तर, अकस्मात् एकदिन फेरि त्यही युवतीलाई मैले दरबारमार्गमा देखेँ। साथीसँग मैले युवतीका बारेमा सबै कुरा गरेँ।

शनिबारका दिन थियो। सडक पनि खाली थियो। साथी र म सुन्धारा जान लागेका थियांै। अनि मैले उसलाई यहीँनेर अस्ति देखेको भन्दै ठाउँको बारेमा भन्दै कुरा गर्दै थियौँ अचानक एउटा वृद्ध मानिस अगाडि आउनुभयो। मैले हत्त न पत्त मोटरसाइकलको ब्रेक लगाएँ। मोटरसाइकल सन्तुलन गर्न सकिनँ। स्लिप खायो। पचास मिटरसम्म घस्रियो। सायद चोट लाग्यो होला विस्तारै आँखा अगाडि अँध्यारो हुन लाग्यो।

धमिलो देखिएको थियो तर मानिसहरू सहयोग गर्नुपर्ने ठाउँमा मोबाइल झिकेर भिडियो र तस्बिर खिच्दै गरेको जस्तो लाग्यो। कसैले उठाएन। कोही भन्दै थिए भर्खरै दरबारमार्गमा पनि दुर्घटना भयो। मैले पनि त कहिले कसैलाई सहयोग गरेको याद छैन तर पनि बाँचे भने र केही भएको देखे भने अवश्य सहयोग गर्छु भन्ने मनमा आयो।

यसैबीचमा एउटी केटी दौड्दै आइन्। उनको अनुहार हल्का हल्का देखेको जस्तो लाग्यो। मलाई त्यही होलीको दिनकी केटी जस्तो लायो। सबैलाई गाली गर्दै कराइन्। सबैलाई पन्छाउँदै सहयोग गर्नुपर्ने ठाउँमा चर्तिकला हेर्नुभएको छ। मानिस नै हो कि जनाबर भन्दै रिसाइन्। टेक्सी बोलाएर अस्पताल लगिन्। अर्धचेत भएपनि मलाई त्यहाँ भएको सबै कुरा थाहा भइरहेको थियो। दुई घन्टापछि मलाई पूर्णचेत आयो। मलाई खासै केही भएको रहेनछ। टाउकोमा चोट लागेर बेहास भएको रै’छु। साथीको चाहिँ खुट्टाको छाला खोस्रेको थियो धेरै गहिरो त होइन तर म भन्दा बढी घाइते थियो ऊ।

त्यस्तो बेलामा सहयोग गरेको हुनाले झन मेरो मनमा उनका लागि माया पलायो। एक त उनलाई मनमनै मन पराइसकेको थिएँ। झन् उनको व्यवहारले मलाई उनीप्रति आकर्षित ग-यो।

तपाईंले आज ज्यान बचाउनु भयो मेरो। प-यो भने कहिले हामीलाई नि सहयोग गर्ने मौका दिनुहोला भन्दै उनलाई धन्यवाद र आभारी भएको पनि भने। हाँस्दै भनिन्, ‘तपाईंलाई जस्तो सहयोग गर्ने मौका त दिँदिन। तपाईं सन्चो हुनुस् र आफ्नो ख्याल राख्नुस् अहिले म जान्छु।’
मैले पनि हाँस्दै बिदा गरेँ। फोन नम्बर माग्ने त मन थियो तर सकिनँ।

सामाजिक सञ्जालमा हुनु राम्रो हो तर समाजिक सञ्जालमा आफ्नो क्रेज बढाउन युटुबमा सब्स्क्राइब र भिवर बढाउन समाजिक काम र समाजका लागि हाम्रो दायित्व नै भुलिसकेका छौँ। आफ्नो बारेमा मात्र सोच्न थालेका छौं। मानवता हराएको अनुभव भएको थियो। पर्दा सहयोगका लागि हात बढाउने ठाउँमा भिडियो र तस्बिरका लागि मोवाइल अघि बढाएको देख्दा आफैमा घृणा उत्पन्न भएको थियो। हामी कति स्वार्थी भन्ने महसुस गरायो दुर्घटनाले।

तीन दिनको अस्पतालको बसाइँपछि घर फर्कियौँ। साथी चोटले गर्दा हिँड्न डुल्न अलि सकिराखेको थिएन। तर, दिउँसोभरि बसेर उसको हेरचाह गर्न पनि सक्थेन अफिस जो आउनु पथ्र्यो। खर्च चलाउन पैसा पनि त चाहियो। विहान उठेर खाना बनाएर खाने अनि अफिस जाने गर्थें।
उसको याद त आउन थाल्यो तर भेटचाहिँ भएन। एक महिना बितिसकेको थियो। दुर्घटनापछि उसलाई देखेको पनि थिएन। तर, अचानक एकदिन भेट भयो। भन्छन् नि भगवानको चाहना अगाडि कसको के लाग्छ र ? एक महिना पछि त्यही ठाउँ त्यस्तै दुर्घटना तर, मानिस फरक। अहिले चाहिँ दुर्घटनामा उनी परेकी थिइन्। जसलाई मैले सधैँ सम्झिरहन्थेँ। भगवानले लाएको रिन तिर्ने मौका दिएछन् तर यस्तो मौका कसैले नपाऊन्। मैले उसलाई चिनेर अस्पताल लिएर गएँ। उनी एक्लै थिइन् स्कुटरमा। सात दिनसम्म दिनरात गरेर उनको सेवा गरेँ। उनको होस आयो।

डाक्टरले रिफर ग¥यो। उनको नाम र ठेगाना सोधेँ। उनको नाम आकृति रै’छ। घरचाँहि बसन्तपुरमा रै’छ।
‘तिम्रो नाम चाहिँ के प¥यो ?’ आकृतिले सोधिन्।
‘म आरभ।’
‘धन्यवाद हजुरलाई।’
‘भइहाल्छ नि।’

म रिफरका लागि पैसा तिर्न र अन्य प्रक्रियाका लागि बाहिर निक्लेँ।
नर्सले हजुरको श्रीमान्ले एकदम माया गर्नुहुँदो रहेछ। सात दिनसम्म तपाईंको एक मिनेट पनि साथ छोड्नुभाको छैन। कास यस्तै श्रीमान् मेरो पनि परोस्। यो सुनेर उनी बोल्नै सकिनन्।

म आएँ। उनलाई घर जान आग्रह गरेँ। उनी विस्तारै उठिन्। हामी उनको घरमा पुग्यौँ। उनको बाबा के छ के भयो भन्ने ठाउँमा उसलाई एकदम गाली गरेर घरबाट निस्किन भने। मैले केही पनि बुझिन। कस्तो परिवार रहेछ छोरीको हालचाल नसोधी बहिष्कार गरे। उनी रोइरहिन् मैले फकाउन थालेँ र आफ्नो कोठामा लिएर गएँ। साँझ परिसकेको थियो। खाना खायौँ आकृतिलाई सुत्न विस्तारा मिलाइदिएँ। उनको अनुहारमा चमन थिएन मैले मन नलागी नलागी प्रश्न गरेँ। आखिर किन ? बाबाले यस्तो गर्नुभयो।
‘भोलिपल्ट मेरो विवाह थियो, मैले विवाह नगर्ने प्रस्ताव राखेको थिएँ बाबाले मान्नुभएन र रिसले घरबाट निक्लेकी थिएँ दुर्घटना भयो। त्यसैले रिसाउनुभएको हो।
‘चिन्ता नगर, सुत अब मैले सम्झाएँ’
‘म पनि सुत्न गएँ।’
‘भाग्यमानी छस् यार तँ’ विहान उठेर मुख धुँदै थियौँ धारामा साथीले भन्यो।
‘के भाग्यमानी हुनु र’ मैले सोधेँ।

होलीमा देखिस्, फेरि तेरो दुर्घटनामा तलाईं सहयोग गरिन् तैंले आफ्नो दिलमा बसाइस् आज तेरी हुन थालिन्’, उसले भन्यो।
‘त्यस्तो केही होइन, मैले उनलाई मन पराउँछु भनेको छैन। र भन्दिनँ पनि एउटा असल साथी गुमाउन चाहन्नँ।’ मैले जवाफ दिएँ। अब उसको घर गएर परिवारलाई सत्य भन्छु भन्दै म दूध लिन पसल गएँ।

उनले सबै कुरा सुनिछन्। नर्सको कुरा सुनेर मेरो बारेमा राम्रो सोचेको अहिले सुन्दा दोधारमा परिछन्।
चिया पिएर म उनको घर गएँ। नौ दिनमा के के भयो सबै उनको बाबालाई भनेँ र उसको अस्पतालको पेपर दिएँ। उनलाई तपाईंको साथ चाहिएको छ भने।

बाबाले पनि घर ल्याउने भनेर मसँगै मेरो रुममा आउनुभयो। आकृतिसँग माफ माग्दै रुनुभयो। घर लिएर जानुभयो। म उसको खुसी देख्दा खुसी भएँ र साथसाथै अब भेट हुन्छ कि नाइँ भनेर डर पनि लागेको थियो।
म फेरि आफ्नै काममा फर्किएँ। एकदुई दिन त उनको याद आइरह्यो। सायद साँच्चिकै उनलाई नदेख्दा नियास्रो लाग्न थालेको थियो। उनीविना खल्लो खल्लो भएको थियो।

धेरैपछि मोवाइलमा नयाँ नम्बरबाट फोन आयो।
‘आरभ सर बोल्दै हुनुहुन्छ।’ उताबाट प्रश्न आयो।
मैले बोल्दैछु भने।
‘सर तपाईंको फलानो एयरलाइन्स कम्पनीमा अन्तर्वार्ता छ आज ११ बजे आउनु होला। ’
‘कतै आवेदन दिएको नै छैन’ मैले भने।
‘खै सर, मलाई पनि थाहा भएन आज हजुरलाई बोलाउने भनेर कल गरेकी हुँ’ उताबाट जवाफ आयो।
मैले हुन्छ भनेर तयार भएर पुगेँ। असिसटेन्ट म्यानेजरका लागि रैछ। म कोठाभित्र पुगेँ।
‘ल बधाई छ। तपाईं छानिनु भयो, तलब एक लाख प्रतिमहिना।’

म अचम्ममा परेँ तीस हजार खाइरहेको म तेब्बर ठूलो अफर। कसरी नाइँ भन्नु र, हुन्छ भनेर आएँ। एकदम खुसी थिएँ। साथीलाई भनेँ। भोलिपल्ट म अफिस गएँ पूरै मिहिनेतका साथ काम गरेँ। पहिलो दिन एकदम राम्रो भयो। सोचेको जस्तै हुँदै थियो जीवन।
एक हफ्तापछि, शनिबारको दिन हामी गफ गरिरहेका थियौँ। आखिर कसरी पाएँ यति राम्रो जागिर भन्दै। त्यति नै बेला आकृतिको बाबा आउनुभयो। मैले नमस्कार गरेँ। उहाँले केही कुरा गर्ने प्रस्ताव राख्नुभयो। साथी उठेर गयो। उहाँले आकृतिसँग विवाहको प्रस्ताव राख्नुभयो। जे चाहन्थेँ त्यही भइरहेको थियो। मैले एकदम खुसी हुँदै ‘हुन्छ’ भने। अनि आकृति के चाहन्छिन् बुझ्न चाहन्छु के भनेको थिएँ आकृति पनि आएकी रै’छिन्। घरबाट बुबाआमालाई बोलाउन आग्रह गर्नुभयो। तुरुन्तै फोन गरेर बोलाएँ। इन्गेजमेन्ट भयो। एक महिनापछि विवाह हुने तय भयो।
सायद केही राम्रो काम गरेको रैछु जागिर र माया गर्ने साथी दुवै पाएको थिएँ। अनि विवाहको दिन पनि नजिकियो। सपिङ र सामान जोड्दै दिन बित्यो। बुबाआमाको घरैबाट गर्ने इच्छा थियो। त्यतिनै बेला अफिसबाट हाकिमले तपाईंको विवाहमा कम्पनीबाट हवाईजहाजको व्यवस्था गरेको जानकारी दियो। मेरो समस्या पनि समाधान भयो। घरबाट करिब तीसजना हवाईजहाजबाट जन्ती आयौँ। विवाह भयो र त्यहीँबाट फर्कियौँ। सबै खुसी हुनुहुन्थ्यो। मेरो त झन खुसीको सीमा नै थिएन। एकपछि अर्को चिठ्ठा परेको जस्तो भएको थियो।

विवाहपछि काममा फर्किएँ। कामप्रति एकदम लगनशील थिएँ। मेरो प्रशंसा पनि गरिराख्थे। मेरो स्तरोन्नति भएछ। कम्पनीको वाषर््िाकोत्सव थियो। एकैपटक कार्यकारी प्रमुख बनाएछन् मलाई। म डराउन थालेँ। किन कसरी म काम गर्न थालेको ६ महिना मात्र भएको थियो। यसरी त कसैको प्रगति हुँदैन। दोधारमा परेँ। अनि मलाई अवार्ड दिन स्वयं आकृतिको बुबा मतलब मेरो ससुरा बा आउनुभयो। त्यो कम्पनी आकृतिको बुबाको रहेछ। आफ्नै एयरलाइन्स रैछ। बल्ल थाहा पाएँ। उहाँले अब तिमीले नै सम्हाल्नुपर्छ भन्नुभयो। म एकदम खुसी भएँ। आफूले चाहेका मान्छे र कम्पनीको भारले मेरो जीवन एकदम खुसाल बितिरहेको छ। सबै परिवार नै खुसी छौं।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad