८ वैशाख २०८१ शनिबार
समाज

मुसाबाट सर्ने टाइफसले कैलालीमा ४ जनाको मृत्यु

धनगढी- स्क्रव टाइफसको संक्रमणले सेती अञ्चल अस्पतालमा ४ जनाको मृत्यु भएको छ। मुसाबाट किर्नाले टोकेर मान्छेमा सार्ने स्क्रव टाइफसको संक्रमण कैलालीमा यो वर्ष अत्याधिक देखिएको छ। सेती अञ्चल अस्पताल मेडिकल वार्ड इन्चार्ज एशोदा ढकालका अनुसार स्क्रव टाइफसबाट ९६ जना प्रभावित भएका छन भने ४ जनाको मृत्यु भइसकेको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १८ फूलबारीका १६ वर्षीय दिवस चौधरी, धनउपा ६ मनेहराका ३५ वर्षीय दीपा राना, धनगढी उपमहानगरपालिका फूलबारीका २४ वर्षीय सकुन भाट र पहलवानपुर गाविस ३ कृष्णा बोगटी छन्।

साउन अन्तिमदेखि संक्रमित अस्पताल आउन सुरु गरेदेखस अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको उनले बताइन्। यो वर्ष टाइफसको संक्रमण बढेको हो। गत वर्ष ५४ जना प्रभावित भएको र २ जनाको ज्यान गएको थियो। एक प्रकारको व्याक्टेरिया जिवाणुले यो रोगको संक्रमण हुने चिकित्सक शुभेशराज कायस्थले बताए। मुसाबाट मान्छेमा यो रोग सर्ने गर्छ। मुसाबाट आँखाले नदेखिने किर्नाहरुले मान्छेलाई टोकेर टाइफस सार्ने गरेको उनले बताए।

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, आँखा राताहुने, किर्ना (माइट)ले टोकेको ठाउँमा घाउँ, खटिरा हुने, ४-५ दिनमा शरीरमा विविरा देखिने लक्षण देखा पर्ने उनले बताए। एक सातासम्म बिरामीको उपचार नभएमा बिरामीको किड्नी फेल, कलेजो फेल र मस्तिष्क घातसमेत हुने गरेको उनले बताए। 'यो वर्ष कैलालीमा टाइफसको संक्रमण अत्यधिक देखिएको छ,' उनले भने।

प्रकाशित: ४ कार्तिक २०७३ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App