करातेमा विभागलाई प्रदेशको दबाब

मङ्गलबार, १० बैशाख २०७६, ०७ : २८ अनिल मल्ल ठकुरी

दाङ – प्रदेश–१ की अस्मिता राई र गण्डकी प्रदेशका नवीन रसाइली जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा प्रदेशको दबदबा कायमै राख्दा सोमबार स्वर्ण पदक जितेका छन्।

दाङको तुल्सीपुरस्थित करातेको कभर्डहलमा भएको खेलमा नवीनले पुरुष ६७ केजी तौलसमूह र अस्मिताले महिला ५५ केजी तौलसमूहमा स्वर्ण पदक जितेका हुन्। नवीनले फाइनलमा एपिएफकी सुवा घतानीलाई स्तब्ध बनाए। सोही तौलमा प्रदेश–१ का रोजन खड्का र अर्जुनकुमार बाघचनले संयुक्त रूपमा कांस्य पदक जित्न सफल भए। ५५ केजीमा अस्मिताले एपिएफकी सोनी राईलाई हराइन्।

सोही तौलमा पुलिसकी अर्मिला डिसी र त्रिभुवन आर्मीकी सन्ध्या घिसिङले कांस्य पदकमै चित्त बुझाए। पुरुषको ८४ केजीमा नेपाल पुलिसका दिवस श्रेष्ठले स्वर्ण जित्दा एपिएफका भीम तामाङलाई फाइनलमा हराए। सोही तौलमा सुदूरपश्चिम प्रदेशका हेमराज थापा र प्रदेश–५ का नारायण गुरुङले कांस्य पदक जिते।

पुरुषकै ७५ केजीमा नेपाल पुलिसका गंगाराम कुसवारले फाइनलमा प्रदेश–५ का उमेश गुरुङलाई हराउँदै स्वर्ण जितेका छन्। सो तौलमा सुदूरका लोकेश पार्की र एपिएफका मोहम्मद आलमले कांस्य पदक जिते। ६८ केजीमा तौलसमूहमा आर्मीकी शनि तामाङले स्वर्ण जित्न फाइनलमा प्रदेश–३ की निरूपा तामाङलाई हराइन्। उक्त तौलमा एपिएफका रूपा महर्जन र शर्मिला घर्तीमगर कांस्य जित्न सफल भए।






यसमा तपाईको मत

अन्य समाचार

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका नवनिर्वाचित अध्यक्ष अमिरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । ...