प्रेमीसँग गराइदिए पत्नीको विहे, उपहारमा दिए छोरा

सोमबार, ०९ बैशाख २०७६, २० : ०८ एजेन्सी

बिहार (भारत)– सात फेरा लगाएर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउँला। तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिती सिर्जना भएको छ। 

बिहारको भागलपुर जिल्लास्थित खिरीबाँध पञ्चायतको सालेपुर गाउँका राम (नाम परिवर्तन)ले आफ्नी पत्नीको विहे उनका प्रेमीसँग गरिदिएका छन् भने उपहारमा अढाई वर्षीय छोरा दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यो घटनाको अहिले बिहारभर चर्चा छ।  

राम सालेपुर गाउँमा पत्नीसँग फ्ल्याट भाँडामा लिएर बस्दै आएका थिए। स्थायी ठेगाना काजबलीचक भएका रामले गोड्डा जिल्लाकी पत्नी राधा (नाम परिवर्तन)सँग ४ वर्षअघि विहे गरेका थिए। विहेपछि उनी रोजगारका सिलसिलामा सालेपुर सरेका थिए। उनको छोरा पनि अढाई वर्षको भइसकेको थियो। यो बीचमा एउटा मुद्दामा उनलाई प्रहरीले पक्राउ ग-यो। जेल जानुप-यो। उनी जेल गएको समयमा पत्नीको हिमचिम घरबेटीका छोरा मोनूसँग बढ्यो। शारीरिक सम्बन्ध भयो, उनीहरु गहिरो प्रेममा परे। 

जब राम जेलबाट छुटे तब उनकी पत्नी मौनूविना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेकी थिइन। पत्नीको घरबेटीका छोरासँग प्रेममा रहेको थाहा पाएपछि रामले अनपेक्षित निर्णय लिए। ग्राम पञ्चायत भवनमा सरपञ्च पवनकुमार साहसहित विशिष्ट व्यक्तिको उपस्थितीमा पत्नीको विहे प्रेमीसँग गरिदिए। आफ्नो अढाई वर्षीय छोरा पनि पत्नी र उनको प्रेमीलाई उपहार दिए। 







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad