coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मन्थली विमानस्थल सुचारु

रामेछाप– तारा एयरको जहाज अवतरण गर्ने क्रममा चिप्लिएपछि अवरुद्ध रहेको मन्थली विमानस्थल सोमबार अपरान्हबाट संचालनमा आएको छ।

मौसम खराबीका कारण लुक्लामा अवतरण गर्न नसकेपछि मन्थली विमानस्थलमा फर्केर अवतरण गर्ने क्रममा जहाज धावनमार्गबाट चिप्लिएको थियो। विमानस्थल बाहिर नै सिमेन्टेड र फलामे एंगल पोलमा ठोकिँदै विमानस्थलको धावनमार्गमा पसेको जहाज अनियन्त्रित भइ धावनमार्ग छाडेर घाँसे चौरमा गइ रोकिएको थियो।

विमानस्थल संचालनमा आएपनि लुक्लामा मौसम खराब भएका कारण अपरान्ह पश्चात लुक्ला लागि कुनै पनि उडान हुन नसक्ने विमानस्थल कार्यालयले जनाएको छ। यद्यपी काठमाण्डौको लागि भने उडान भने हुने छ।  

जहाज धावन मार्गबाट बाहिर रहेता पनि उक्त जहाजले धावनमार्ग समेत अवरुद्ध गरेपछि केही घण्टा विमानस्थललाई जोखिम क्षेत्र घोषणा गरी जहाज आवागमन बन्द गराइएको थियो। दुर्घटनामा परेको जहाजलाई अपरान्ह धावनमार्ग क्लियर हुने गरी हटाइ सुरक्षित स्थानमा लगेर विमानस्थल सुचारु गरिएको हो। 

दुर्घटनाग्रस्त जहाजलाई तत्काल संचालन नहुने गरी थन्क्याइएको मन्थली विमानस्थल कार्यालय जनाएको छ। जहाजको समस्या समाधान गरी प्राविधिक पास पश्चात पुन संचालनमा आउने बताइएको छ । 

प्रकाशित: ९ वैशाख २०७६ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App