जापानमा नेपालीको शव अलपत्र, परिवारद्वारा शव होइन पैसा पठाउन आग्रह

बिहिबार, ०४ कार्तिक २०७३, १८ : ०६ नारायण रिमाल

टोकियो— जापानमा मृत्यु भएका एक नेपालीको शव परिवारले नेपाल लैजान असहयोग गरेपछि अस्पतालमै अलपत्र परेको छ। एक महिनाअघि टोकियोमा मृत्यु भएका रोल्पा मिरुल-३ का शिवराज रोकामगरको शव अलपत्र परेको हो।

टोकियो फुकुसी दाइगाक्कोउमा अध्ययनरत उनको १८ सेप्टेम्बरमा मृत्यु भएको थियो। त्यसपछि उनको शवलाई नेपाल पठाउन जापानस्थित नेपाली दूतावास तथा संघसंस्थाहरुले सहयोग जुटाउने प्रयास थालेका थिए। परिवारले शव नेपाल पठाउने स्वीकृति नदिएपछि शव अहिले दिनको १५ हजार रुपैयाँ तिरेर अस्पतालमै राखिएको छ।

शव देखाएर परिवारका तीन जना जापान आउने तयारीमा हुनुहुन्छ भन्ने सुन्यौं। त्यसैले उहाँहरु अहिले शव होइन पैसा पठाउन भनिरहनु भएको छ। यो दुःखद कुरा हो।

शव नेपाल पठाउन जापानस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले बताए। 'हामीले यताबाट पत्राचार गरिसकेका छौं। उता (परराष्ट्र मन्त्रालय) बाट आधिकारिक जानकारी पर्खिरहेका छौं।'

दूतावास बाहेक गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले शवलाई नेपाल पठाउन सक्रिय पहल गरिरहेको छ। एनआरएनए जापानका पदाधिकारीले नेपालमा रहेका शिवराजको परिवारसँग पटक पटक सम्पर्क गरेर शव नेपाल पठाउने प्रक्रिया थाल्ने प्रयास गरेका थिए।

'मृतक शिवराजको शव अस्पतालमा अलपत्र पर्‍यो भन्ने सुनेपछि हामीले सहयोग गर्ने मनसायले पहल थालेका थियौं तर परिवारले अहिलेसम्म स्वीकृति दिएको छैन', एनआरएनए जापानका अध्यक्ष सुदन थापाले नागरिकन्युजसँग भने, 'पटक पटक उहाँहरुसँग कुराकानी गरिसक्यौं तर नियत के हो बुझ्न सकिएन।'

यो बाहेक मगर सङ्घ जापान, नेपाल जापान विद्यार्थी समाज र राप्ती समाज जापानले पैसा सङ्कलन तथा दाह संस्कार समिति समेत गठन गरेका छन्। अहिले परिवारले स्पष्ट कुरा नगर्दा समस्यामा परेको राहत संकलन अभियानका विश्वेश्वर रेग्मी बताउँछन्। अहिले परिवारले संकलित रकम नेपाल पठाउन दवाब दिइरहेको छ।

'एकातर्फ उहाँहरु शव पठाउन सरकार र नेपाली समुदायले सहयोग गरेन भन्नुहुन्छ। अर्कोतर्फ उहाँहरु शव होइन पहिला पैसा पठाउ भन्नुहुन्छ। उहाँहरुको नियत सही देखिएन।'

अनुमति नदिने नियतका पछाडि शव अलपत्र परेको खबर फैलाएर परिवार सदस्य जापान आउन चाहेको सहयोग संकलन गर्न खटेका अगुवाहरुको बुझाइ छ। 'शव देखाएर परिवारका तीन जना जापान आउने तयारीमा हुनुहुन्छ भन्ने सुन्यौं। त्यसैले उहाँहरु अहिले शव होइन पैसा पठाउन भनिरहनु भएको छ। यो दुःखद कुरा हो', पैसा संकलन गर्ने कार्यमा खटेका एक अगुवाले सुनाए।

यसअघि मृतक शिवराजकी पत्नी प्रेमकुमारीले पैसा अभावमा श्रीमान्‌को शव नेपाल ल्याउन सकस भएको बताएकी थिइन्। नेपाल सरकार र जापानको नेपाली समुदायले असहयोगका कारण शव अलपत्र परेको उल्लेख गरेकी थिइन्।

जापानमै दाहसंस्कार गर्न वा शव नेपाल पठाउन परिवारको स्वीकृति अनिवार्य हुन्छ। परिवार सदस्यले दुवै कुरामा स्वीकृति जनाएको छैन।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad