coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारसँग वार्ता गर्न राप्रपाले बनायो ३ सदस्यीय समिति

फाइल तस्बिर

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन गरेको छ। 

राप्रपाले पार्टीका वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। समितिको सदस्यमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा छन्। 

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाका लागि आन्दोलन गरिरहेको राप्रपालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आइतवार पत्र पठाएर वार्तामा बोलाएका थिए। सरकारको पहलकदमीलाई सकारात्मक रुपमा लिँदै राप्रपाले वार्ता समिति गठन गरेको श्रेष्ठले बताए। 

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह लगायतका २२ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको सुरुवात गरेको थियो। 

प्रकाशित: ९ वैशाख २०७६ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App