coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंका बिस्फाेटमा दुई भारतीय पूर्वसांसदकाे मृत्यु, पाँच नेता बेपत्ता

एजेन्सी : आइतबार श्रीलंकामा भएको शृंखलाबद्ध बम विस्फोटमा दुइ भारतीय पूर्व सांसद मारिएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

मारिनेमा भारत जेडिएस (जनता दल सेक्युलर)का २ नेता छन्। एम रंगप्पा र केजी हनुमंथरैयप्पा विस्फोटमा मारिएका भारतीय सञ्चारमाध्यमलाइ उद्धृत गर्दै जी न्युजले जनाएकाे छ। उक्त  विस्फाेटमा परी पाँच जना नेता पनि हराइरहेका बताइएकाे छ। 

भारतीय विदेशमन्त्री सुषमा स्वराज र कोलम्बोस्थित भारतीय उच्चायोगले उनीहरू मारिएको पुष्टि  गरेका छन्। कर्नाटकका मुख्यमन्त्री एचडी कुमारस्वामीले यसअघि उनीमहरू मारिएको हुनसक्ने आशंका व्यक्त गरेका थिए।

जेडिएसका ७ नेता शनिबार श्रीलंका भ्रमणमा गएका थिए। कोलम्बोमा भएका विस्फोटपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।

श्रीलंकामा आइबार भएका विस्फोटमा मारिएका ३६ जना विदेशीमध्ये ५ जना भारतीय छन्। कर्नाटकका मुख्यमन्त्री तथा जेडिएस नेता एचडी कुमारस्वामीले विस्फोटमा मारिएकाप्रति शोक व्यक्त गरेका छन्।

उनले भने, ‘कर्नाटकबाट श्रीलंका भ्रमणमा गएका जेडिएसका ७ नेताको समूह विस्फोटपछि हराएको छ। उहाँहरूमध्ये २ जना मारिएको आशंका छ।’

प्रकाशित: ९ वैशाख २०७६ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App