७ वैशाख २०८१ शुक्रबार
समाज

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ– जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दमौलीबाट पोखरा जाँदै गरेको  ना ६ ख ८४१० नम्बरको यात्रुवाहक बसले विपरित दिशाबाट आएको ३–०२–००१ प ६०३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक पोखरा महानरपालिका–३३ पुम्दीभुम्दीका सन्दिप कुँवरको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते कुँवरलाई उपचारका लागी दमौली अस्पताल लगिएको थियो। उपचारको क्रममा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडी सवार पोखरा महानरपालिका–७ मासबारकी  २६ बर्षीया सिर्जना रावत गम्भीर घाइते छिन्। रत्नहरि अस्पतालमा सामान्य उपचारपछि उनलाई पोखराको मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ।

दुर्घटनामा परेका दुवै सवारीसाधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

प्रकाशित: ९ वैशाख २०७६ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App