कांग्रेस केन्द्रीय समिति बैठक

लोकमानको महाभियोगबारे गगन थापाले भने- 'यो मौका हो, छाड्न हुँदैन'

बिहिबार, ०४ कार्तिक २०७३, १७ : ५१ बालकृष्ण अधिकारी  | @adhikaribal

काठमाडौं- नेपाली कांग्रेसले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध लगाइएको महाभियोगबारे आफ्नो स्पष्ट धारणा बनाउने भएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले एजेन्डा नभएपनि लोकमानविरुद्ध लगाइएको महाभियोगबारे धारणा राख्न आग्रह गरेका थिए।

बैठकमा बोल्दै युवा नेता गगन थापाले यो मौका भएको बताएका थिए। 'यो राम्रो मौका हो। यसलाई कुनै हालतमा छाड्न हुँदैन,' उनले बैठकमा अडान लिएको एक नेताले जानकारी दिए। त्यस्तै विश्वप्रकाश शर्माले पनि महाभियोगबारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए।

त्यस्तै नेता दिलेन्द्रप्रसाद बडुले लोकमानको महाभियोग संसदमा दर्ता भइसकेकाले पार्टीले यसबारे औपचारिक धारणा राख्ने बताए। त्यसका लागि छलफल भइरहेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

'लोकमानबारेको महाभियोग संसदमा प्रस्तुत भइसकेको छ। पार्टीभित्र र संसदीय दलमा छलफल गरेर पार्टीले यसबारे औपचारिक धारणा सार्वजनिक गर्नेछ,' पार्टी प्रवक्ता बडुले भने।

बिहीबारको बैठकमा ८ जनाले आफ्नो राय राखेका थिए। बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad