coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

विजय यात्रामा सँगै अघि बढौँ

चिनिया राष्ट्रपति सि चिनफिङको निमन्त्रणामा नेपालकी राष्ट्रपति विद्या भण्डारीज्यू यसै वर्षको अप्रिल २४ देखि मे २ सम्म चीनको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ। त्यसैबीच उहाँ दोस्रो ‘एक प्रदेश एक मार्ग’ अन्तर्राष्ट्रिय सहयोग शीर्ष सम्मेलन र सन् २०१९ पेइचिङ विश्व गार्डेन एक्स्पोको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ। यो नेपालका राष्ट्रपतिको चीनको पहिलो राजकीय भ्रमण हो। अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो ‘एक प्रदेश एक मार्ग’ अन्तर्राष्ट्रिय सहयोग शीर्ष सम्मेलनको अवसरमा उहाँले चीन तथा सम्मेलनमा सहभागी हुन आउनुभएका विभिन्न देशका नेताहरूसँग विकास सहकार्यका लागि परामर्श गर्नुहुनेछ।

नेपाल र चीन एक पर्वत शृंखलाले छुट्याएका छिमेकी मुलुक हुन्। ऐतिहासिक कालदेखि दुई देशका जनताले हिमालय पर्वत पार गरी सयौँ हजारौँ नदी र पर्वत वारिपारिको मैत्री सम्बन्ध स्थापना गरेका थिए। मञ्जुश्री बोधिसत्वले पहाड काटेर काठमाडौँ उपत्यकामा बस्ती बसालेको पौराणिक कथा नेपालमा धेरै प्रचलित छ। नेपाली राजकुमारी भृकुटी विवाह गरेर तिब्बतमा पुगेको कुरा पनि दुई देशका सबै जनतालाई थाहा छ। चिनिया बौद्ध भिक्षु स्यवियानचाङले भारतमा अध्ययन गरिरहँदा नेपालको पनि भ्रमण गरेको कुरा अध्ययनले देखाएको छ। उहाँले आफ्नो ‘महाथाङ पश्चिम भूमिको वृत्तान्त’ भन्ने पुस्तकमा लेख्नुभएको छ–‘नेपाल देशको सिमाना ४ हजार लिभन्दा बढी छ, यो देश हिमालयमा छ।

सन् १९५५ अगस्ट महिनामा चीन–नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भयो। दुई देशको क्षेत्रफल जनसंख्या आदिमा ठूलो अन्तर भए पनि हामी दुई देशबीच शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्घान्तअन्तर्गत सधैँ समानता, आपसी सद्भाव, सम्मान र सहयोगको सम्बन्ध छ।

चीन र नेपाल एक अर्काको राजनीतिक विश्वास जित्न सफल भएका असल छिमेकी मुलुक हुन्। नेपाल सरकारले पहिलेदेखि एक चीन नीति अवलम्बन गर्दैआएको छ र नेपाली भूमिमा कुनै पनि चीन विरोधी गतिविधि हुन दिएको छैन, चीनले पनि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डतालाई पहिलेदेखि समर्थन गर्दै आएको छ र नेपालको अवस्थाअनुसार नेपाली जनता आफैँले रोजेको सामाजिक व्यवस्था र विकासपथलाई पनि चीनले सदा समर्थन गर्दै आएको छ।

‘एक प्रदेश एक मार्ग’ कुनै देशलाई ऋणमा डुबाउने ‘जाल’ नभई जनतालाई लाभ पु¥याउने, मिष्ठान्न पसार्ने ‘थाल’ हो। यो भूराजनीतिको औजार होइन, साझा विकासको अवसर हो।


चीन र नेपाल दुःख÷सुखमा एकअर्काको साथ दिने असल दाजुभाइ हुन्। सन् २०१५ अप्रिल महिनामा नेपालमा महाभूकम्प गयो, चीन सरकार र जनताले यसलाई आफ्नै देशमा भएको दुर्घटना सम्झी धेरैवटा उद्घार टोली, चिकित्सक टोली र रोग रोकथाम टोली अविलम्ब नेपाल पठायो, तीसौँवटा हवाईजहाज चीनबाट राहत सामग्री बोकेर नेपाल आइपुगे र युद्घस्तरमा उद्घारकार्यमा जुटे। चिनिया जनताले स्वस्फूर्तरूपमा नेपालका भूकम्पपीडितहरूका लागि चन्दा संकलन गरे भने नेपाली जनताले पनि भूकम्पपीडित क्षेत्रमा फसिरहेका चिनिया पर्यटकलाई यथाशीघ्र उद्घार गरी स्वदेश फर्काउन सहयोग गरे।

चीन र नेपाल साझा विकासका असल सहकर्मी हुन्। भूकम्पपश्चात्को पुनर्निर्माण होस् अथवा राजमार्ग, एयरपोर्ट जलविद्युत् स्टेसन आदिको निर्माणमा होस्, ती सबैमा चिनिया कम्पनीहरूको सक्रियता देख्न सकिन्छ। चीन नेपालको पहिलो वैदेशिक लगानीकर्ता देश, दोस्रो व्यापारी साझेदार देश, दोस्रो पर्यटक आगमनको देश हो। दुई देशबीच प्रतिहप्ता करिब ६० वटा हवाई उडान सञ्चालित छन्।

गतवर्ष सन् २०१८ चीन र नेपाल दुवै देशका लागि महŒवपूर्ण वर्ष थियो। उक्त वर्षमा चीनमा सुधार तथा खुलापनको नीति लागु भएको ४० वर्ष पुगेको थियो। चिनिया कम्युनिस्ट पार्टीको सही नेतृत्वमा आफ्नो देश र जनताले हासिल गरेको गौरवशाली उपलब्धि चिनिया जनताले आफ्नो मेहनती हातहरूले स्वर्ण अक्षरमा अंकित गरेका छन्। गत ४० वर्षमा चीनको औसत वार्षिक आर्थिक वृद्घिदर ९.५ प्रतिशत रह्यो, प्रतिव्यक्ति वार्षिक आय १७१ युयानबाट बढेर २८ हजार युयान पुग्यो। सन् २०१८ मा चीनको आर्थिक वृद्घिदर ६.६ प्रतिशत रह्यो, कुल गार्हस्थ्य उत्पादन ९ निल युयान नाघ्यो, विश्व आर्थिक वृद्घिदरमा चीनको योगदान ३० प्रतिशतभन्दा बढी रह्यो। सन् २०१८ सालमा नेपालमा करिब एक दशक लामो संविधान निर्माणको प्रक्रियापछि तीन स्तरीय निर्वाचन सम्पन्न भई शक्तिशाली सरकार निर्माण भयो र देश राजनीतिकरूपमा स्थिर भई विकासको नयाँ चरणमा प्रवेश गरेको छ।

सन् २०१९ साल नयाँ चीन स्थापना भएको ७० औँ वर्ष हो। केही समयमात्र अघि सम्पन्न भएको राष्ट्रिय जनकांग्रेस र राष्ट्रिय राजनीतिक परामर्श सभाले चीनको उच्च गुणस्तरको विकासका लागि नयाँ लक्ष्य निर्धारण गरेको छ, कुल गार्हस्थ्य उत्पादनको वृद्घिदर ६–६.५ प्रतिशतबीच रहने अनुमान गरिएको छ। सहर र गाउँमा १ करोड १० लाखभन्दा बढी रोजगारका नयाँ अवसरहरू सिर्जना गरिनेछन्, गरिबी रेखामुनि रहेका १ करोडभन्दा बढी ग्रामीण जनसंख्याको गरिबी निवारण गरिनेछ। चिनिया जनताले विकासको नयाँ अवधारणालाई निरन्तरता दिँदै एक उपयुक्त सीमाभित्र आर्थिक गतिविधिलाई सुनिश्चित बनाइ स्वस्थ आर्थिक सामाजिक विकासलाई प्रबद्र्घन गरी चीनको ७० औँ जन्मदिनमा एक  विशेष उपलब्धिको उपहार प्रदान गर्नेछन्। सन् २०१९ सालमा नेपाल सरकारले पनि ठूला विकासका लक्ष्यहरू निर्धारित गरेको छ र नेपाल ‘समृद्घ नेपाल, सुखी नेपाली’को लक्ष्यतिर अग्रसर भइरहेको छ।

चीन र नेपाल दुःख÷सुखमा एकअर्काको साथ दिने असल दाजुभाइ हुन्। सन् २०१५ अप्रिल महिनामा नेपालमा महाभूकम्प गयो, चीन सरकार र जनताले यसलाई आफ्नै देशमा भएको दुर्घटना सम्झी धेरैवटा उद्घार टोली, चिकित्सक टोली र रोग रोकथाम टोली अविलम्ब नेपाल पठायो, तीसौँवटा हवाईजहाज चीनबाट राहत सामग्री बोकेर नेपाल आइपुगे र युद्घस्तरमा उद्घार कार्यमा जुटे।

 चीन र नेपाल दुवै विकासशील देश हुन्। दुई देशको विकासको चरण एक समान नभए पनि दुवै देशका सामु आफ्ना जनतालाई अझ सुन्दर जीवन यापन गराउने साझा चुनौती छ। चीनको विकास विश्वबाट टाढा भएर हुन सक्दैन, त्यस्तै विश्वको विकास पनि चीनलाई टाढा राखेर हुन सक्दैन। प्रत्येक देशको आर्थिक सामाजिक विकास एक आपसमा झन् झन् घनिष्ठरूपले सम्बन्धित हुँदै गइरहेको छ, विश्व शासकीय व्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धमा द्रुत गतिमा परिवर्तन आइरहेको छ। यसको साथ आर्थिक सुरक्षावाद, एकात्मवादले शिर उठाउन थालेका छन्, आर्थिक भूमण्डलीकरणमा अवरोध उत्पन्न भएको छ, अस्थिर एवं अनिश्चित पक्षहरू पहिले जस्तै नै धेरै बाँकी छन्, जोखिम तथा चुनौती धेरै बढेका छन्। चीन सि चिनफिङ कूटनीतिक विचारबाट निर्देशित भई शान्तिपूर्ण विकासको पथमा अडिग भई अघि बढ्नेछ। र, आपसी हित द्विपक्षीय जितको खुला रणनीति अवलम्बन गर्नेछ। बहुलवाद र खुला विश्व अर्थव्यवस्थाका पक्षमा अडिग रहनेछ। चीनले छिमेकी मुलुकहरूसँग ‘नजिकको, इमान्दारिताको, सहुलियतयुक्त र समावेशी’ सम्बन्ध बनाउने सोच र छिमेकी मुलुकसँग असल सम्बन्ध निर्माण गर्ने, छिमेकी मुलुकलाई विकासको सहयात्री बनाउने कूटनीतिअनुरूप नेपाललगायतका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिस्तार गर्नेछ। विश्वका सबै देशसँग हातमा हात मिलाइ आपसी सहयोग सहकार्य बढाइ विश्व शासकीय व्यवस्थामा सुधार गर्दै सम्पूर्ण मानवजातिको साझा भाग्यको समष्टिको निर्माणलाई अगाडि बढाउनेछ।

‘एक प्रदेश, एक मार्ग’ प्रस्तावना प्रस्तुत गरिएको करिब ६ वर्षको अवधिलाई पुनरावलोकन गर्दा यस महान् प्रस्तावना चीन विश्व रंगमञ्चमा प्रवेश गर्ने एक नवीन प्रयास र सम्पूर्ण मानव जातिको साझा भाग्यको समष्टिको निर्माण गर्ने एक महत्वपूर्ण कदम हो भन्ने प्रमाणित हुन्छ। यस प्रस्तावनाले आपसी सरसल्लाह, एकसाथ निर्माण सहउपभोगको सुवर्ण नीति अवलम्बन गरेको हुँदा यो विश्वको सबैभन्दा ठूलो सहयोग सहकार्यको र सबैभन्दा बढी मन पराइएको सार्वजनिक उत्पादन बन्न गएको पनि सत्य/तथ्यहरूबाट प्रमाणित हुन्छ। ‘एक प्रदेश एक मार्ग’ कुनै देशलाई ऋणमा डुबाउने ‘जाल’ नभई जनतालाई लाभ पु-याउने, मिष्ठान्न पसार्ने ‘थाल’ हो। यो भूराजनीतिको औजार होइन, साझा विकासको अवसर हो भन्ने पनि सत्य/तथ्यहरू प्रमाणित भइसकेको छ।

सन् २०१७ मे महिनामा चीन–नेपाल दुई देशबीच औपचारिकरूपमा जनवादी गणतन्त्र चीन सरकार र नेपाल सरकारबीच ‘एक प्रदेश एक मार्ग’ प्रस्तावनाअन्तर्गत सहकार्य बढाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएदेखि चीन–नेपालबीचको परम्परागत मैत्री सम्बन्धमा एक ऐतिहासिक अवसर देखापरेको छ। दुई देशका नेताहरूबीच हिमालय वारिपारि कनेक्टिभिटी नेटवर्क निर्माण आदि विषयमा मतैक्य भएको छ र दुवै पक्ष आपसी सरसल्लाह, एकसाथ निर्माण र सहउपभोगको आधारमा एकअर्काको मूलभूत हित र महत्वपूर्ण सरोकारलाई कदर गर्दै, राजनीतिक समझदारी आधारभूत संरचनाको कनेक्टिभिटीलाई प्रबद्र्घन गरी चीन–नेपाल राजमार्ग, अन्तर्राष्ट्रिय नाका, रेलमार्ग, एयरपोर्ट आदि आधारभूत संरचनाको निर्माण र अनुसन्धानलाई निश्चित गतिमा अघि बढाउने, चीन–नेपाल स्वतन्त्र व्यापारिक क्षेत्र निर्माणका लागि संयुक्त अध्ययन र चीन–नेपाल सीमा वारपार आर्थिक सहकार्य क्षेत्रको निर्माण अघि बढाउने, व्यापार सहजीकरणको स्तर वृद्घि गर्ने, पयर्टन, वित्तीय, सांस्कृतिक जीविकोपार्जन आदि क्षेत्रमा सहकार्य बढाउने र चीन नेपालको सम्बन्धलाई एक नयाँ उचाइमा पु-याउने कुरामा सहमत भएका छन्।

अहिले चीन चिनिया विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रवेश गरेको छ। नेपालमा पनि स्थिर विकासको नयाँ चरण आरम्भ भएको छ। हामीले यस ऐतिहासिक अवसरलाई प्रयोग गरी ‘आपसी हित, द्विपक्षीय जीत’ हुने सहकार्यहरू आरम्भ गर्नुपर्छ। र, चिनिया जातिको महान् पुनर्जागरणको ‘चिनिया सपना’ र ‘समृद्घ नेपाल, सुखी नेपाली’ को विकास लक्ष्यलाई एकाकार गरी हातमा हात मिलाइ नयाँ विजययात्रामा अघि बढी दुई देशका जनताका सुख समृद्घिको अभिवृद्घि गर्नुपर्छ र चीन–नेपाल साझा भाग्यको समष्टिको निर्माण गर्नुपर्छ।

प्रकाशित: ९ वैशाख २०७६ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App