६ वैशाख २०८१ बिहीबार
राजनीति

राजपा पदाधिकारी बैठक सुरु

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी बैठक आइतबारदेखि सुरु भएको छ। बैठकमा अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले महाधिवेशनको अर्को तिथि तय गर्न प्रस्ताव गरेका थिए।

वैशाख ७ र ८ मा हुने भनिएको महाधिवेशन स्थगित भएपछि महाधिवेशको प्रक्रिया र तिथिबारे पार्टीभित्र विवाद उत्पन्न भएको छ। संयोजक भण्डारीले तोकेकै मितिमा विशेष महाधिवेशन गर्न प्रस्ताव राखेका छन् भने उनको प्रस्तावालई महेन्द्र यादवले अस्वीकार गरेका छन्। आइतबार बसेको बैठकमा महाधिवेशनको तिथिबारे छलफल नभएको महासचिव राजेशमान सिंहले बताए। सोमबार बस्ने बैठकमा यसबारेमा छलफल हुने पनि उनले जनाए।

राजपामा १ सय ३१ जना पदाधिकारी छन्। शनिबार मात्र राजपाले दोस्रो स्थापना दिवस मनाएको छ। २०७४ वैशाख ७ मा तत्कालीन तराइ–मधेस केन्द्रित ६ राजनीतिक दलबीच एकीकरण भई राजपा गठन गरिएको थियो। पार्टी गठन हुँदा एक वर्षभित्र महाधिवेशन गर्ने प्रतिबद्धता गरिएको थियो। एक वर्षभित्र महाधिवेशन हुन नसके पछि राजपाका नेताहरूले विधान संशोधन गरी दुइ वर्षभित्र महाधिवेश गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। शनिबारबाट राजपा गठन भएको पनि दुइ वर्ष पूरा हुँदैछ। कानुनीरूपमा भने पार्टी गठन भएको दुइ वर्ष वैशाख १७ मा पुग्दैछ। दुइ वर्षभित्र पनि महाधिवेशन गर्न नसके राजपाले विधान संशोधन गर्नुपर्ने हुन्छ।

प्रकाशित: ९ वैशाख २०७६ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App