महाअभियोगको औचित्यबारे ओलीले गरे आफ्ना सांसदलाई ब्रिफिङ

बिहिबार, ०४ कार्तिक २०७३, १७ : १८ नागरिक

काठमााडौं- नेकपा (एमाले)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको औचित्य र आवश्यकताबारे आफ्ना सांसदलाई जानकारी गराएको छ। 

व्यवस्थापिका-संसद्मा दोस्रो ठूलो दल एमालेले तेस्रो दल नेकपा (माओवादी केन्द्र)सँग मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएको थियो। यसमा एमालेका १०७ र माओवादी केन्द्रका ५० जना सांसदले हस्ताक्षर गरेका छन्।

संसदीय दलको आज नयाँ बानेश्वरमा बसेको बैठकमा एमालेले महाअभियोग प्रस्तावमा हस्ताक्षर नगरेका सांसदलाई हस्ताक्षर गर्न पनि निर्देशक दिएको दलका प्रमुख सचेतक भानुभक्त ढकालले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए। 

उनले व्यवस्थापिका-संसद्को यही कात्तिक ७ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन समेत दिएको बताए। बैठकमा दलका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, नेता झलनाथ खनालको पनि सहभागिता थियो।

नयाँ संविधान जारी भएपछि पहिलो पटक सदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धमा महाअभियोग दर्ता भएको हो। यो महाअभियोगका बारेमा सदनको सो दिनको बैठकमा छलफल हुने बताइएको छ। रासस 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad