coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनमा दोस्रो चरणको मतदान

किभ – युक्रेनमा राष्ट्रपति चयनका लागि आइतबार दोस्रो चरणको मतदान सम्पन्न भएको छ । दोस्रो चरणको चुनावमा राष्ट्रपति पेट्रो पोरोसेन्को र हाँस्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच प्रतिस्पर्धा हुँदै छ । पछिल्ला जनमत सर्वेक्षणले हाँस्य कलाकार जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका छन् ।

यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोविरुद्ध जेलेन्स्की र पूर्वप्रधानमन्त्री युलिया टिमोसेन्कोले कडा चुनौती दिएका थिए । कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोसेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेका थिए तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत भने प्राप्त गरेका थिएनन् ।

युक्रेनी चुनाव आयोगका अनुसार पहिलो चरणमा जेलेन्स्कीले ३०.२ प्रतिशत र पोरोसेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए भने पूर्वप्रधानमन्त्री युलियाले १३.०८ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।

करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र संर्षबाट युक्रेन आक्रान्त छ । युक्रेनको संविधानअनुसार कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको चुनाव हुन्छ ।

प्रकाशित: ९ वैशाख २०७६ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App