coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जनता आतंकित बनाउने समय होइन : अध्यक्ष दाहाल

चितवन – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अहिले जनतालाई आतंकित बनाएर हिँड्ने समय नरहेको बताएका छन्। कैलाशनगर माविको स्वर्ण महोत्सव उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले वार्ता, सहमति र संवादबाटै समस्याको समाधान गर्न सकिने बताए।

चन्द नेतृत्वको माओवादीतर्फ लक्षित गर्दै उनले भने, ‘अहिले देश २०५२ सालमा छैन, २०७२ साल पनि होइन २०७६ साल हो। यो समय बम पड्काएर, जनता आतंकित बनाएर चन्दा उठाएर हिँड्ने समय होइन।’ परिस्थिति विचार गरेर वार्ता, सहमति र संवादबाटै जाने वातावरण रहेको उनको भनाइ थियो। कम्युनिस्ट पार्टीकै सरकार र जनताले कम्युनिस्टलाई दुईतिहाइ मत दिएको समयमा यस्ता एकाध घटना गराएर परिवर्तनका कुरा गर्नुभन्दा ठूलो भ्रम अरू केही नहुने उहाँको बताए।

अध्यक्ष दाहालले चन्द समूहले पनि सहज वातावरण बनाउन वार्ता, संवादमा आउने र सबै मिलेर देशलाई समाजवाद उन्मुख राज्य बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘देश विकासतर्फ जाँदै गरेको समयमा संवादमार्फत समस्या समाधान नभए बलिदान र नेपाली जनताको अपमान हुनेछ।’ आफूले विप्लवलाई गलत बाटोमा हिँडेको जानकारी गराएको उनको भनाइ थियो।

उनले अबको १० वर्षमा मुलुकलाई मध्यमस्तरीय विकसित देशमा लैजाने बताउनुभयो। राष्ट्रिय एकता, सामाजिक न्याय चाहन्छन्, समृद्धि आओस्, राष्ट्रिय स्वाधीनताको कुरालाई ध्यान दिने हो भने सहमतिको विकल्प नरहेको उनको भनाइ थियो। सरकारले ल्याउन लागेको नयाँ बजेटमा निर्वाचनमा गरिएका वाचा बजेटमार्फत आउने र राष्ट्रिय सहमतिमार्फत देशको विकास गर्ने अध्यक्ष दाहालले बताए।

प्रकाशित: ९ वैशाख २०७६ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App