coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जन्ती चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते

बागलुङ– जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको बस दुर्घटनामा अरु पाँच जना घाइते भएका छन्। 

ताराखोला गाउँपालिका–१ माझखर्कबाट जन्ती लिएर काठेखोला गाउँपालिका–८ लेखानी आउँदै गरेको ध १ ख ४६८ नम्बरको बस बिहुँको भ्युटावर नजिकै रगेनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा काठेखोला गाउँपालिका—८ लेखानीका ६४ वर्षीय गंगा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराइले जानकारी दिए। विकको उपचारका क्रममा धौलागिरी अञ्चल अस्पतालमा ल्याएपछि मृत्यु भएको हो। 

घाइतेमध्ये सोही स्थानका १७ बर्षीया संगिता विकको अवस्था गम्भीर छ। दुर्घटनामा लेखानीका १२ वर्षीया सफलता विक, ६३ बर्षिय चन्द्र सुनार, १५ वर्षिया ज्योति सुनार र १४ वर्षिया आरती सुनारको धौलागिरी अञ्चल अस्पतालमा उपचार जारी छ । बस सडक भन्दा १० मिटर तल खसेको छ। बसका चालक पर्वत महाशिला गाउँपालिकाका ३५ बर्षिय खिमबहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: ८ वैशाख २०७६ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App