coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भेटिएको १४ हजार फिर्ता

भक्तपुर– भक्तपुर नगरपालिका वडा नं १ कालोपाटीमा फेला परेको पर्स प्रहरीले सम्वन्धित ब्यक्तिलाई हस्तान्तरण गरेको छ। पर्समा झण्डै १५ हजार नगदसहित कागजातहरु रहेको थियो। महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार फेला पारेको पर्ससहितको कागजात आइतबार सम्वन्धित व्यक्तिलाई परिसरमा बोलाई हस्तान्तरण गरेको महानगरीय प्रहरी परिसर भक्तपुले जनाएको छ।

प्रहरीले पर्समा रहेको कागजातको आधारमा पर्सधनीको खोजतलास गर्दा भक्तपुर नगरपालिका वडा नं ९ बस्ने बर्ष २८ को अनिश शाक्यको भएको खुलेको थियो।  भेटिएको पर्स शाक्यको भएको पुष्टी भएपछि उनलाई बोलाई हस्तान्तरण गरेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। पर्सभित्र रहेको नगद १४ हजार ६ सय ६८ रुपैयाँंसहित सुनको टप १ थान र सवारी चालक अनुमति पत्रलगायतका महत्वपूर्ण कागजपत्रहरु थियो । 
 

 

प्रकाशित: ८ वैशाख २०७६ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App