८ वैशाख २०८१ शनिबार
अर्थ

तनहुँका स्थानीय तहमा १५ करोड बेरुजु

दुलेगौँडा(तनहुँ)– तनहुँका स्थानीय तहमा गत आर्थिक बर्ष २०७४/०७५ मा १५ करोड रुपैयाँ बढी अनियमित खर्च गरेको खुलेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको छपन्नौ वार्षिक प्रतिवेदनले जिल्लाको १० स्थानिय तहमा १५ करोड २२ लाख रुपैयाँ ३० हजार अनुशासन विपरित खर्च गरेको उल्लेख छ। 

महालेखापरीक्षकको कार्यालयका निर्देशकद्वय रमेशप्रसाद न्यौपाने र श्रीराम तिमिल्सिनाको नेतृत्वको दुई टोलीले जिल्लाका सरकारी कार्यालयहरुको लेखापरीक्षण गरेको थियो। जिल्लाका दश स्थानीय तहहरुको ८ अर्ब ५२ करोड ९२ लाख ४२ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १५ करोड बढी बेरुजु देखिएको हो। 

सबैन्दा धेरै बेरुजु बेरुजु आँबुखैरेनी गाउँपालिकाको देखिएको छ। आँबुखैरेनीमा  ५ करोड ४८ लाख ५० हजार रुपैयाँ बेरुजु छ। ४५ करोड ४८ लाख ५० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो। व्यास नगरपालिकाको २ अर्ब ९ करोड ६६ लाख ९९ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा २ करोड २७ लाख १२ हजार रुपैयाँ,  भानु नगरपालिकाको १ अर्ब १८ करोड ४९ लाख ८३ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ८० लाख ८७ हजार रुपैयाँ र  शुक्लागण्डकी नगरपालिकाको १ अर्ब १७ करोड ६८ लाख ९८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ८२ लाख २५ हजार रुपैयाँ, भिमाद नगरपालिकाको ७७ करोड ५८ लाख ६९ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ५ लाख ३ हजार रुपैयाँ बेरुजु भेटिएको छ। 

गाउँपालिकातर्फ ऋषिङ गाउँपालिकाको ७१ करोड ७४ लाख १ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १ करोड १५ लाख ५६ हजार रुपैयाँ, घिरिङ गाउँपालिकाको ५४ करोड १४ लाख ९६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ९ लाख १ हजार रुपैयाँ, म्याग्दे गाउँपालिकाको ५४ करोड ८८ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३१ लाख ६ हजार रुपैयाँ, बन्दीपुर गाउँपालिकाको ४९ करोड २९ लाख ७७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३ करोड ८२ लाख ६६ हजार रुपैयाँ  बेरुजु देखिएको छ। 

देवघाट गाउँपालिकामा भने बेरुजु देखिएको छैन। देवघाट गाउँपालिकाको ५३ करोड ८८ लाख ४० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो। 

रकमान्तर नगरी विनियोजित भन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, जनप्रतिनिधिले बैठक, भ्रमण भत्ताको नाममा दोहोरो सुविधा लिएको प्रतिवेदनमा उल्लेख छ। सार्वजनिक खरिद ऐनको प्रतिकुल हुने गरी निर्माणमा उपकरण प्रयोग नपाइने जिल्लाका स्थानिय तहहरुले ठिक विपरित गरेका छन्। बिना प्रतिष्पर्धा सामग्री खरिद र योजनाका काम गरेको पाइएको छ।  

प्रकाशित: ८ वैशाख २०७६ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App