७ वैशाख २०८१ शुक्रबार
अर्थ

वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

काठमाडाैं– वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्। शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो।

सो बैंकले चैतमसान्तसम्म एक अर्ब छ करोड ९६ लाख एक हजार रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ। यस्तै आज माछापुच्छ्रे बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको विवरणअनुसार नाफा बढेर एक अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ रुपैयाँ पुगेको छ।

गत आवको सोही अवधिमा बैंकको नाफा ८५ करोड ४० लाख ५२ हजार १२१ रुपैयाँ थियो। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.९८ प्रतिशतले वृद्धि भई  दुई अर्ब ६० करोड १६ लाख ९६ हजार ८५६ रुपैयाँ पुगेकोे छ। आठ अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकले ८१ अर्ब १६ करोड ३१ लाख ६० हजार रुपैयाँ निक्षेप सङ्कलन गरेको छ।

यस्तै बैंकले ७४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ ऋण लगानी गरेको पाइएको छ।विवरणअनुसार बैंकको खराब कर्जा भने गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ। हाल खराब कर्जाको मात्रा ०.४८ प्रतिशत पुगेको छ। गत आवको सोही अवधिमा ०.३५ प्रतिशत थियो। बैंकको प्रति शेयर नेटवर्थ भने १३३ रुपैयाँ ९१ पैसा रहेको छ। रासस 

प्रकाशित: ८ वैशाख २०७६ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App