८ वैशाख २०८१ शनिबार
समाज

रक्सीले मात्तिएर महिलामाथि कुटपिट, एक गम्भीर घाइते

डोल्पा–मुड्केचुला गाउँपालिकाकी एक महिला महिलाहरुकै कुटपिटबाट गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा मेड्केचुला गाउँपालिका ६ नर्कु घरभई वडा नम्बर ३ सर्मिमा बस्दै आएकी २२ वर्षीया रामछाया शाही रहेकी छन्।

सदरमुकाम दुनैदेखि ४२ किलोमिटरको दुरीमा रहेको मुड्केचुला गाउँपालिकाको सर्मिमा बैशाख ७ गते साँझ ५ बजेतिर सामान्य भनाभन भएको थियो।

मेड्केचुला ८ बस्ने ३० वर्षीया लछिना रोकाया र ४१ वर्षीया लालपुरा रोकायाले शाहीमाथि कुटपिट गरेका थिए। कुटपिट के कति कारणले भएको भन्ने खुल्न नआएको भएपनि मदिरासेवन पहिलो कारण भएको पाइएको र थप कारण अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनामा चिरपट दाउरा र धारिलो ढुंगाले कुटपिट गरेको अनुसन्धानमा खुलेको छ। डिएसपी अवदेश विष्टका अनुसार रोकायाद्वयको कुटपिटबाट टाउकोमा गहिरो चोट लागेको छ। कुटपिटबाट घाइते भएकी रामछायाको टाउकोमा ६ ओटा टाँका लगाइएको छ। घाइते शाहीको उपचार अहिले दुनैस्थित जिल्ला अस्पतालमा भइरहेको छ।

कुटपिटमा संलग्न रोकायाद्वयलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०७६ १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App