coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

सम्बन्ध

राम र श्याम जुम्ल्याहा दाजुभाइ हुन्। जन्मदा दुईको बीचमा पाँच मिनेटको फरक छ। हेर्दा एउटै अनुहार, एउटै जिउडाल, उचाइ उस्तै र गोरो वर्ण। शारीरिक बनावट सबै एकै भएपनि दुवैको बानीबेहोरामा चाहिँ फरकपन देखिन्छ।
एउटा पढाइमा अब्बल छ भने अर्को बाहिरी क्रियाकलापमा उत्कृष्ट। तर, नाच्ने गाउने घुम्ने लड्ने जस्ता कुरामा श्यामको रुचि थियो भने राम अध्ययनमा मात्र। दुवैमा डाढे बानी बराबरै थियो। बुवाको प्यारो राम थियो भने आमाको श्याम। शिक्षकको प्यारो पनि राम थियो। त्यो देखेर श्याम सधैँ रामको डाह गथ्र्यो। रामचाहिँ आफूलाई सबैले माया गर्ने भएर एकदमै खुसी थियो।

श्यामका साथीहरू बढी थिए। केटा र केटी दुवैखाले साथीहरू श्यामकै वरिपरि झुम्मिन्थे। त्यो देखेर रामलाई डाढ लाग्थ्यो। यिनै कारण दुई दाजुभाइबीच मनोमालिन्य थियो। तँ भन्दा म के कम भन्ने भावना थियो दुवैको। दुःखमा सहयोग गर्ने भावना चाहिँ थिएन। रामलाई केही पर्दा कहिल्यै श्यामले सहयोग नगर्ने र श्यामलाई पर्दा रामले नगर्ने भइसकेको यियो। अरू साथीलाई सहयोग गर्न दुवै अघि सर्थे। नचिनेको मान्छेको दुर्घटना भएको देख्दा पनि दुवै भाइ सहयोग गर्न तम्सन्थे। तर, आफ्नै दाजुभाइलाई केही पर्दा नचिनेको जस्तो व्यवहार गर्थे।

समय बितेको पत्तै भएन। उनीहरू बीचको यस्तै नानाथरिको झगडा र रिसइबीमै पन्ध्र वर्ष बितिसकेछ। उमेर बढ्यो, जिम्मेवारी बढ्यो तर स्वभावमा परिवर्तन आएन। एकअर्काले गरेको कामप्रति डाह पनि बढ्दै गयो।
एसइई परीक्षा पनि नजिक आयो। दुवैले पढाइमा मिहिनेत गरे। रामको मिहिनेत प्रथम हुनलाई थियो भने श्यामको मिहिनेत पास हुनलाई। दुवैले एसइईको परीक्षा दिए। परीक्षापछि राम घरको कामकाजमा सहयोग गर्ने गर्न थाल्यो भने श्याम साथीहरूसँग डुल्ने र घुम्ने गरी दि बिताउन थाल्यो। तीन महिना यसैगरी बित्यो।

परीक्षाको नतिजाको पर्खाइमा थिए दुवै। नतिजा पनि आयो। राम ९० प्रतिशत ल्याएर पास भयो भने श्यामले ५५ प्रतिशत ल्याएर पास ग¥यो। एसइई त गाउँघरकै बसी सकियो। अब उच्च शिक्षा हासिल गर्न शहर नै जानुपर्ने भयो। गाउँमा उच्चशिक्षाका लागि विद्यालय राम्रो थिएन। तर, उनीहरूको सम्बन्ध सँगै बस्ने र पढ्ने जस्तो भएन। गाउँलेले दुवै भाइलाई शहर नपठाउन सुझाव दिए। श्यामलाई घरमै राख्ने रामलाई मात्र पठाउन सुझाव दिए। तर, परिवारले दुवैको सम्बन्ध सुध्रिने आशा गरेर  तथा एउटालाई हेला गरेको अर्कोलाई माया गरेको जस्तो नहोस् भनी दुवैलाई शहर पठाउने सोंच बनाए। परिवारको आर्थिक अवस्था कमजोर भएकाले दुवैलाई छुट्टै कलेज, छुट्टै होस्टेलमा राख्न सक्थेनन्। खर्च तीन गुना हुन्थ्यो।

त्यसैले एउटै कोठामा मिलेर बस्नका लागि घरपरिवारले सम्झाए। पढ्नका लागि दुवैलाई काठमाडौं पठाए। काठमाडौं आएर एपेक्स कलेजमा कक्षा ११ मा दुवै भर्ना भए। सुरु भयो दुवै भाइको सहयात्रा। सँगै भए पनि एक्लै भएको जस्तो व्यवहार हुन्थ्यो उनीहरूमा। रामले कोठामा काम गर्दा श्याम घुम्न निस्कने वा मोवाइल चलाएर बस्ने गथ्र्यो। श्यामले काम गर्दा राम पढ्ने वा सुत्ने गथ्र्यो। एकअर्कासँग मिलेर काम गरौं भन्ने धारणा दुवैमा आएन। दुवैको आ–आफ्नै विचार र धारणा थियो। एउटै कलेज भएपनि सँगै कलेज जाँदैनथे। कक्षाकोठामा पनि एकअर्कासँग बोल्थेनन्। धेरै विद्यार्थी बाहिरी जिल्लाबाट नै राम्रो शिक्षाका लागि पढ्न आएका थिए। विद्यार्थीको चाप बढी भएर दुईवटा ‘सेक्सन’ मा विभाजन भयो कक्षा। आधा विद्यार्थीलाई सेक्सन ‘ए’ र आधालाई ‘बी’ मा राखियो। दुवै भाइ फरक–फरक कक्षामा परे। दुवैले आ–आफ्नो कक्षामा साथी बनाए। दुवै आआफ्नो तरिकाले जिउने गर्थे। एउटै कोठामा बसे पनि उनीहरू टाढा थिए।

घटना त त्यस्तो ठूलो केही भएको होइन, सायद उमेर बेला बुद्धिको विकास आदि कारण हुन सक्छ उनीहरूमा केही परिवर्तन आउन थाल्यो। बिस्तारै समय बित्दै गयो। कलेजबाट केही कुरा पनि सिक्न थाले। दुवैमा बिस्तारै बोलचाल सुरु भयो। अब मिल्न थालेका थिए उनीहरू। धेरै कुरा त गर्थेनन् तर मिलेर काम गर्न थालेका थिए। घरबाट बुबा आउनुभयो। आफूले चाहेजस्तै उनीहरू मिलेर बसेको देखेर एकदम खुसी हुनुभयो। दुई दिनपछि फर्किनु भयो।

दुवै अलि नजिकका मित्र भइसकेका थिए। घृणाको भावना आपसमा हराइसकेको थियो। जे भए पनि एउटै बाबुआमाको रगत त प¥यो। दुवैमा सहयोगको भावना पनि आइसकेको थियो। उनीहरू मिलेर नै पढ्न थालिसकेका थिए। दुवैजना सँगै बसेर पढ्न थाले। रामले श्यामलाई सिकाउने गथ्र्यो। राम त कक्षामा पहिलो नै हुन्थ्यो श्याम पनि राम्रो अंक ल्याउन थाल्यो। दुवैले प्लस टु पास गरे। राम विशिष्ट र श्यामले प्रथम श्रेणीमा उत्तीण भए। अनि सुरु भयो दुवैको नयाँ जिन्दगी। घर गए बिदामा। सबै परिवारको चाहना थियो दुवैको एकता। यो देखेर परिवार एकदम खुसी भयो। अनि पास भएको र चाहना पूरा भएको खुसी मनाए सबैले। सबै त्यसै भन्दैनन् ‘रगतको नाता अकाट्य हुन्छ।’

प्रकाशित: ८ वैशाख २०७६ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App