coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउने संख्या २ पुग्याे, १० गम्भीर घाइते

धादिङ -  पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या दुई पुगेको छ।  काठमाडौँबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना ४ ख १४१५ नम्वरको बस ओभरटेक गर्ने क्रममा आइतबार बिहान सडकबाट त्रिशुली नदीपटि खस्न पुगेको हो।

दुर्घटनामा दोलखाका हरिवंश केशीको घटनास्थलमा र कालिन्चोक गाउँपालिका वडा नं ७ दोलखाकी पार्वती बुढाथोकी रहेको उपचारका क्रममा मलेखु सामुदायिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई गजुरी र मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाइएको छ भने सामान्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बसमा २८ जना यात्रु रहेका थिए ।

प्रकाशित: ८ वैशाख २०७६ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App