७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कोलम्बो आक्रमण अपडेट : एक सय बढीको मृत्यु, चार सय घाइते

श्रीलंका – श्रीलंकाको राजधानी कोलम्बोमा एक सय बढीको मृत्यु भएकाे छ भने चार सय भन्दा बढी घाइते भएका छन्। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर उनीहरूकाे मृत्यु भएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

कोलम्बो नेसनल अस्पतालका निर्देशकले भने– ‘आइतवार बिहानै भएको आक्रमणमा एक सय बढीको भन्दा बढीकाे मृत्यु भइसकेको छ भने घाइतेहरुलाई अस्पताल पुर्याइएको छ।’ स्थानिय समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा आक्रमण भएको थियो।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष अप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ। विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको छ।

चार वटा चर्च आक्रमणकारीको निशानामा राखिएको थियो। कोचिकाडा चर्च, कटुवापितिया चर्च, किङ्सबेरी चर्च, बेतिकोला चर्चलाई निशानामा राखिएको थियो।  श्रीलङ्काको अन्य बिभिन्न क्षेत्रमा पनि आक्रमण भएको प्रहरी प्रवक्ता रुवान गुनसेकेराले बताएका छन्। आक्रमण कसले र किन गराएको भन्ने कुरा पुष्टि भएको छैन।

प्रकाशित: ८ वैशाख २०७६ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App