६ वैशाख २०८१ बिहीबार
समाज

भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

सोलुखुम्बु– खुम्बुपासाङल्हामू गाउँपालिका ३ फाक्दिङस्थित भीरबाट खसेर एक अमेरिकी  नागरिकको ज्यान गएको छ।

ट्रेकिङ सकेर नाम्चेबाट लुक्लातर्फ झर्दै गर्दा शनिबार विहान करिब ९.३० बजे चिप्लिएर भीरबाट खस्दा अन्दाजी ३५–३६ बर्षका अमेरिकी नागरिक क्रिसटोफर वार्डेन डेलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

मृतक डेलेको शवलाई पोष्टमार्टमका लागि आइतबार बिहान हेलिकप्टरमार्फत काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०७६ ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App