१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बन्द यातायात सुचारु

ताप्लेजुङ - यातायात व्यवसायी पक्राउको विरोधमा आइतवार बिहानदेखि ताप्लेजुङमा बन्द भएका सवारी ९ बजेतिर खुलाइएको छ। सुरुमा १ घण्टाका लागि भन्दै खुलाइएको यातायात आजका लागि अब भने सुचारु हुने देखिएको पाथीभरा ट्याक्सी काउन्टरका सरण लाबुङले जानकारी दिए।

बन्द भन्दै पार्किङ गरिएका सवारी काउन्टरहरुबाट एकाएक छुटेका छन्। यसबाट मार्कामा परेका यात्रुहरुले राहात महशुष गरेका छन्। सहमति खोज्न नगर प्रमुख छत्रपति प्याकुरेलको कार्यक्षमा बिहान भेला भएका यातायात व्यवसायीले पहलकदमी गरिदिन नगर प्रमुख प्याकुरेसंग आग्रह गरेका छन्। प्याकुरेलले सम्बादबाट सहमति खोज्नुपर्ने भन्दै सबै जनप्रतिनिधिसंग यसका बारेमा सल्लाह गर्ने बताएका छन्। उनले यसका बारेमा प्रतिनधि तथा प्रदेश सांसदहरुसंग समेत परार्मश गर्ने जनाएका छन्। सोहि बिषय पछि बन्द यातायात खुलेको बताइन्छ।

सम्बादबाट सहमति नआए फेरी आन्दोलनमा जाने यातायात व्यवसायीको तयारी रहेको बताइृन्छ। यसका बारेमा यातायात व्यवसायीहरु पनि आन्तरिक छलफलमा जुटेका छन्। यातायात व्यवस्थापनका लागि गरिएको निर्णयको अपब्याख्या गर्दै बाटाबाटा गाडी रोक्ने र यात्रुलाई हैरानीम पार्ने काम गरेको भन्दै शनिवार अपरान्ह प्रहरीले यातायात व्यवसायी तथा होटल जराका प्रोपाइटर जंग सुनुवारलाई नियन्त्रणमा लिएको छ। यातायात व्यवसायीले मुखिया माथि प्रहरीले अभद्र व्यवहार गरेको अभियोग लगाएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाले जरा होटलका स्टाफ लगाएर यात्रुहरुलाई बाटोबाटामा रोकेको र अभद्र व्यवहार गरेपछि सुनुवारलाई नियन्त्रणमा लिएको जानकारी दिए। उनले कहिंकतै अभद्र व्यवहार नभएको प्रत्युत्तर दिएका छन्।

प्रकाशित: ८ वैशाख २०७६ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App