coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देउवा–सिटौला दमक आउँदै, गुट अन्त्यको अपेक्षा

झापा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहिति शीर्ष नेता सोमबार झापाको दमक आउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा आउन लागेका कांग्रेस नेताहरूले एकताको सन्देश दिने कार्यकर्ताहरूको अपेक्षा छ। लामो सायदेखि अन्तरद्वन्द्वमा फसेको कांग्रेस नेताहरूबीच पछिल्लो समय संवादहीनताको अवस्था आएको छ। यो अवस्थाको अन्त्यका लागि कांग्रेस झापा क्षेत्र नम्बर ५ (साविक ७) ले कांग्रेस शीर्ष नेतालाई एक ठाउँमा ल्याउन लागेको हो।

क्षेत्रिय समितिको पार्टी कार्यालय उद्घाटनका लागि सोमबार सभापति देउवासहित उपसभापति विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण  महतलगायत आउन लागेका छन्। पार्टी सभापति देउवा र ‘तेस्रो धार’को नेतृत्व गर्दै आएका सिटौला कार्यक्रममा सहभागी हुने भएपछि यो कार्यक्रमलाई निकै महत्त्वका साथ हेरिएको छ।

नेता सिटौला कार्यसम्पादन समितिमा भागबन्डा गर्न खोजेपछि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सिटौला चिढिएका थिए। पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘महाधिवेशनमा भोट तपाईं(देउवा)लाई हाल्ने अनि भागबन्डा मैले दिनुपर्ने? सिटौलाजीलाई तपाईं नै मिलाउनुस्’ भनेपछि सिटौला त्यसपछि भएको अनौपचारिक बैठकमा समेत सहभागी भएनन्। उनले पार्टी भागबन्डाको भूमरीमा फस्न नहुने तर्क राख्दै आएका छन्। भागबन्डाका आधारमा जिम्मेवारी दिँदा योग्यले अवसर नपाउने उनको तर्क छ।

उक्त बैठकमा वरिष्ठ नेतासँग रिसाएको भन्दै देउवा पुनः सिटौलालाई आफू नजिक तान्न प्रयास गरिरहेका छन्। कार्यसम्पादन समिति गठनको विषयलाई लिएर असन्तुष्ट बनेका सिटौलालाई सभापतिसँगै एउटै मञ्चमा ल्याउँदा विवाद अन्त्य हुन्छ कि भन्ने अपेक्षा क्षेत्रीय समितिको पनि छ।

पार्टीमा बाहिर आएजस्तो कुनै विवाद छैन। पूर्वबाट नेताहरूले एकताको सन्देश दिनु हुनेछ’, क्षेत्री सभापति ढुण्डीराज भण्डारीले शनिबार पत्रकार सम्मेलनमा भने, ‘यो कुनै लाइनको कार्यक्रम हैन। यो त सिँगो पार्टीको कार्यक्रम हो। जे जे कुरा भएको छ त्यो कुरालाई नेताहरूले यही मञ्चबाट चिर्नुहुन्छ।’ यो कार्यक्रमले पार्टीभित्र देखिएका विवाद समाधानामा पनि सघाउ पु¥याउने महासमिति सदस्य तथा प्रतिनिधिसभा सांसद महेन्द्रकुमारी लिम्बूको दाबी छ। ‘यो कार्यक्रमले पार्टीमा एकताको सन्देश पनि दिनेछ’, उनले भनिन्, ‘तर स्थानीय नेताहरूले कार्यक्रमको प्रचार गर्दै गर्दा कति नेताको नाम पनि छुटाएको पाइयो। यसले गलत सन्देश दिन्छ। यसतर्फ ख्याल गर्नु होला।’

एउटै मञ्चले अन्त्य गर्ला विवाद?
विवादपछि सिटौलाले सभापति देउवासँग दोस्रोपटक मञ्चमा सँगै भाषण गर्दै छन्। यसअघि गत चैत्र २७ गते काभ्रेको भकुण्डेबेसीमा देउवा र सिटौला एकै मञ्चमा सहभागी भएका थिए। देउवाले उक्त कार्यक्रममा पार्टीलाई एक बनाउनका लागि सहयोग गर्न सिटौलासँग आग्रह गरका थिए भने सिटौलाले सभापतिलाई भागबन्डाको राजनीति नगर्न सुझाएका थिए। यो कार्यक्रमसँगै देउवा–सिटौलाको सम्बन्ध सुध्रिएको कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ। तर सिटौला निकटको स्रोतले भने पार्टीभित्र सम्वादहीनताको अवस्था उस्तै रहेको बताएको छ।

पार्टीभित्र देखिएको विवाद अन्त्यका लागि पार्टी सभापति देउवाले पहल नगरेको आरोप छ। एउटै मञ्च ‘सेयर’ गर्दैमा विवाद अन्त्य नहुने सिटौला निकटका एक केन्द्रीय सदस्यले बताए। ‘आयोजकले बोलाउँछ, गएर बोल्नै प-यो। फेरि सभापति प्रमुख अतिथि हुँदा सिटौला दाइलाई एउटै मञ्चमा भाषण गर्दा किन आपत्ति मान्नु’, उनले नागरिकसँग भने, ‘तर एउटै मञ्चमा भाषण गर्दैमा र एक भयौँ भन्दैमा एक हुँदैन। यसका लागि नीति र कार्यक्रम एक हुनुपर्छ।’

ओलीको गृहनगरमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै

पार्टी कार्यालयको स्थापनासँगै कांग्रेसले प्रधानमन्त्री ओलीको गृहनगरमा शक्ति प्रदर्शन पनि गर्नेछ।
प्रधानमन्त्री कै वडा दमक ५ मा हुने कार्यक्रममा कांग्रेसले करिब तीन हजार कार्यकर्ता उतार्ने तयारी गरेको कांग्रेस दमक सभापति रोशन विष्टले जानकारी दिए।

‘सरकारको गलत गतिविधिविरुद्ध हाम्रा कार्यकर्ताले शक्ति प्रदर्शन पनि गर्छन्’, उनले भने, ‘दमकमा यसरी कार्यक्रम गर्नु हाम्रो प्रतिष्ठाको विषय पनि हो।’ दमक ५ स्थित नगर समितिको कार्यालयसँगै बनेको क्षेत्रिय समितिको कार्यालय ३५ लाखको लागतमा निर्माण भएको भवन निर्माण समिति संयोजक शेरबहादुर भट्टराईले जानकारी दिए।

उक्त भवनको शिल्यान्याश पार्टी नेता डा. शेखर कोइरालाले २०७१ पुस २४ गते गरेका थिए। क्षेत्रीय समितिको कार्यालय उद्घाटनसँगै २०४६ अघि पार्टीमा योगदान गरेका स्थानीय नेताहरूलाई सम्मानसमेत गरिने उनले बताए।

प्रकाशित: ८ वैशाख २०७६ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App