७ वैशाख २०८१ शुक्रबार
कला

नेपालमा ‘बिग बोस’

काठमाडौं – नेदरल्यान्डको इन्डिमोल साइनद्वारा सञ्चालित ‘बिग ब्रदर’को फ्रेन्चाइज ‘बिग बोस’को नेपाल संस्करण नेपाली टेलिभिजनमा पनि आउने भएको छ। नेपालमा औपचारिक रूपमा आइम्याक्स प्रोडक्सनले फिल्मको फ्रेन्चाइज लिएको हो। यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठुलो फ्रेन्चाइज टिभि रियालिटि शो हुने दाबी आइम्याक्सको छ।

आइम्याक्स प्रोडक्सन तथा इन्डिमोलसाइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी सोलाई नेपालमा प्रसारण गर्न लागेको हो। आइम्याक्स प्रोडक्सनले कानुनी रूपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी आधिकारि रूपमा नेपालमा ल्याएको जनाएको छ। गत वैशाख २ गते होटल सोल्टीमा औपचारिक उत्सवको  आयोजना गरि नेपालमा ‘बिग बोस’ औपचारिक रूपमा सुरु भएको जानकारी गरायो। आयोजकका अनुसार यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडै नै सुरु हुनेछ।

कार्यक्रमको उद्देश्य प्रतिभाहरूलाई सबैका माझ ल्याउनु तथा नेपाली फिल्म उद्योगको विकासमा सहयोग पु¥याउनु रहेको जनाइएको छ। नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सञ्चालित ‘बिग ब्रदर’ समूहको ५५ औं संस्करण नेपालमा हुन लागेको हो। यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ भने कार्यक्रम ‘बिग ब्रदर’कै संरचनाअनुसार हुनेछ।

आयोजकका अनुसार कार्यक्रमको सञ्चालन नेपालको एक सफल कलाकारद्वारा गरिनेछ। ‘बिग बोस’ भित्र रहने सहभागीहरू सय दिनसम्म सञ्चार सम्पर्कविहिन रही सहभागिता जनाएर शीर्ष उपाधि जित्नेछन्।

प्रकाशित: ८ वैशाख २०७६ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App