८ वैशाख २०८१ शनिबार
कला

कटप्पाकी रानी ऐश्वर्या !

मुम्बई –  दक्षिण भारतीय स्टार सत्यराज आफ्नै किसिमको अभिनयबाट फिल्ममा रुचाइएका थिए। तर एसएस राजामौलीको फिल्म ‘बाहुबली’ मा कटप्पाको भुमिका निर्वाह गरेपछि सत्यराज अझ बढी चिनिए।

‘बाहुबली– द बिगनिङ’ को रिलिज पछि ‘बाहुबली– द कन्क्लूजन’ हलमा आउने समयसम्म घरघरमा ‘आखिर कटप्पाले बाहुबलीलाई किन मा-यो ?’ भन्ने चर्चा पनि चल्यो। अब यिनै सत्यराज बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चनसँग नयाँ फिल्ममा देखिँदैछन्। सत्यराज मणिरत्नमको फिल्म ‘पोन्निनी सेल्वम’मा अनुबन्धित भइसकेका छन्। फिल्ममा नायिका ऐश्वर्या नै प्रमुख नायिकाको भुमिकामा हुने चर्चा छ। फिल्ममा ऐश्वर्याका ससुरा अमिताभ बच्चनलाई पनि अभिनय गराउने प्रयास भइरहेको छ। अमिताभसँग कुराकानी भइरहे पनि उनले हुन्छ या हुन्न भन्ने उत्तर दिन सकेका छैनन्। निर्देशक मणिरत्नमले सासु बुहारीलाई नै फिल्ममा अभिनयका लागि प्रस्ताव गरेका छन्।

फिल्मका लागि ऐश्वर्याले अभिनयको स्वीकृति दिइसकेकी छन्। तर अमिताभ भने आफ्नो व्यस्त समय तालिकाले ‘हुन्छ’ भन्न सकेका छैनन्।
फिल्ममा ऐश्वर्या अभिनेता सत्यराजको श्रीमतिको भुमिकामा देखिनेछिन्। यसअघि सत्यराजको स्थानमा अर्का साउथ कलाकार मोहन बाबुलाई प्रस्ताव गरिएको थियो। मणिरत्नमको यो मेगा बजेटको फिल्ममा ऐश्वर्या एक राजकुमारीको भुमिकामा देखिनेछिन्। जसको विवाह एक राजासँग हुन्छ। तर विवाहलाई आफ्नो इच्छा पूर्ति गर्ने माध्यमको रूपमा प्रयोग गर्छिन्। यो तमिल उपन्यासमा आधारित फिल्म हुनेछ।
 

प्रकाशित: ८ वैशाख २०७६ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App