कर्पोरेट मेडिटेसन सम्पन्न

आइतबार, ०८ बैशाख २०७६, ०८ : ३१ नागरिक

काठमाडौं – इम्प्रेसन इभेन्ट मेनेजमेन्टले तनाव कम गर्ने उपाय सहितको दुईदिने प्रशिक्षण कार्यक्रम हालै सम्पन्न गरेको छ। नेपाल योगा एकेडेमिक रिट्रिट नगरकोटमा भएको उक्त प्रशिक्षण कार्यक्रममा बैंक, इन्स्योरेन्सलगायत संस्थाका उच्च पदाधिकारीको सहभागिता थियो।

कर्पोरेट मेडिटेसन: स्ट्रेस म्यानेजमेन्ट नाम दिइएको कार्यक्रममा योग गुरु चिन्तामणि गौतमले तनावमुक्त हुने उपाय सहितको योग प्रशिक्षण दिएका थिए। योग गुरु गौतमले दैनिक योगा गर्ने व्यक्तिलाई थकाइ कम लाग्ने र विहान योगा गर्दा दिनभर तनावमुक्त हुन सकिने बताए। यस्तो प्रकारको ध्यान र ट्रेनिङले कार्य कुशलताका साथै प्रभावकारी हुने र कर्मचारीबाट पारिणाम राम्रो आउने जानकारी उनले दिए। यो मेडिटेसन कार्यक्रम सुरु गर्नुको प्रमुख उद्देश्य तनावमुक्त कोर्पोरेट कल्चरको विकास गर्नु रहेको कार्यक्रम आयोजक तथा इम्प्रेसन इभेन्ट म्यानेजमेन्टका बिजनेस डिरेक्टर पूजा श्रेष्ठले बताइन्।

जीवन बिमा कम्पनीमा काम गर्नेका लागि यस्तो स्ट्रेस म्यानेजमेन्ट ट्रेनिङ अति नै उपयोगी हुने कार्यक्रममा सहभागी सानिमा लाइफ इन्स्योरेन्सका कर्पोरेट प्रमुख गुणराज श्रेष्ठले बताए। यसैगरी, यामाहा मोटरसाइकलका म्यानेजर सन्देश कटुवालले जीवन उपयोगी स्ट्रेस म्यानेजमेन्ट ट्रेनिङमा सहभागी हुन आग्रह गरे। तनावमुक्त र स्वस्थ रहन खानपिनले पनि असर पार्ने उनले बताए। दुईदिने बसाइमा नेपाल योगा एकेडेमिक रिट्रिटको आर्गानिक भोजनले आफूलाई फुर्तिलो बनाएको सहभागीहरुको भनाइ थियो।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad