coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपतिले हेरिन् नवदुर्गा नाच

भक्तपुर - राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भक्तपुरको नवदुर्गा नाच हेरेकी छिन्। शनिबार दिउँसो पौने तीनबजेदेखि साँझ पाँच बजेसम्म राष्ट्रपति भण्डारीले नाच हेरेकी हुन्। भक्तपुरको दरबार क्षेत्रमा उनले नाच हेरेकी हुन्। कार्यक्रम भक्तपुरका दरबार क्षेत्रमा भएको थियो।

भक्तपुर उद्योग वाणिज्य संघ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति भण्डारीले नाच हेरेकी हुन्। प्रत्येक वर्ष दशैंको कोजाग्रत पूर्णिमाको दिन नवदुर्गा मन्दिरमा आएर नाच हेर्ने नपाए पनि राष्ट्रपतिले यस पटक नाच हेर्न पाएकी हुन्। भक्तपुरको कमलविनायकमा दशैंको टीकाको दिन प्रत्येक वर्ष राष्ट्रपति आउने परम्परा भए पनि उनले नाच हेर्न पाएकी थिइनन्। नाच हेर्ने इच्छा व्यक्त गरे पनि मन्दिरभित्र नाच्ने ठाउँको अभाव तथा समय अभावका कारण उनले नाच हेर्न नपाएकी हुन्। भक्तपुर उद्योग वाणिज्य संघको वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति त्यहाँ द्यो व्ययेकेगू (नवदुर्गाका जिवित देवतालाई भोज खुवाउने) गरिएको थियो। इच्छाएको व्यक्ति अथवा संस्थाले नवदुर्गा देवगणलाई भोज खुवाएर द्यो व्वयेकेगू कार्यक्रम गरिन्छ। यसमा नवदुर्गा गणका १९ जना देवगणहरुलाई भोज खुवाइन्छ। नवदुर्गाका नौसहित बाजा ४ जनासहित १९ जनालाई भोज खुवाई द्यो व्ययेकेगू गरिएको थियो।

कार्यक्रमको क्रममा नाच देखाइएको हो। राष्ट्रपति भण्डारीले अभिरुचिपूर्वक नाच हरेकी थिइन्। सो कार्यक्रममा इना ज्वनेगू प्याखं (मंगलसिद्धी नाच) देखाइएको थियो। द्यो व्ययकेगू क्रममा यो नाच देखाइने चलन छ। नवदुर्गा नाच सहभागी हुने भएकाले यी सबैलाई नवदुर्गा नाच भनिन्छ। कार्यक्रमको क्रममा १९ जना देवगणहरुलाई भोजका विभिन्न परिकार दिइएको थियो। चिउरा, मासु, गेडागुडी, मिठाई, रक्सी, दूधसहितको परिकार दिने परम्परा छ।

कार्यक्रममा प्राडा पुरुषोतमलोचन श्रेष्ठले द्यो व्वयेकेगू कार्यक्रमबारे जानकारी दिएका थिए। उनले द्यो व्यकेगू समृद्धिको कामनाका साथ गरिने जानकारी दिए। साथै कुनै प्रकारका दैवी प्रकोप नआओस् भन्ने कामनासहित गरिने पनि उनले बताए। कार्यक्रमका राष्ट्रपति भण्डारीले आयोजक उद्योग वाणिज्य संघले आफना व्यवसायीहरुबाट उत्पादित सामानहरुसहित राखिएको स्टलहरुको अवलोकन पनि गरेकी थिइन्। यसअघि उनले भक्तपुरको तलेजुको अवलोकन गरेकी थिइन्। कार्यक्रममा राष्ट्रपति भण्डारीले देवगणहरुलाई दक्षिणा पनि दिएकी थिइन्।

प्रकाशित: ८ वैशाख २०७६ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App