coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साना लगानीका मिडियाको हकहितसम्बन्धी १५ बुँदे रौतहट घोषणापत्र

रौतहट - साना लगानीका मिडियाको हकहितसम्बन्धी १५ बुँदे रौतहट घोषणापत्र जारी गर्दै एक दिवसीय सम्मेलन सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ साना लगानीका मिडियाको हकहित संरक्षण समितिको आयोजनामा रौतहटको चन्द्रपुरमा भएको प्रदेश २ स्तरीय कार्यक्रम १५ बुँदे घोषणापत्र जारी गर्दै शनिवार सम्पन्न भएको हो।

प्रदेश २ का आठवटै जिल्लाका रेडियो एफएम, अनलाइन तथा पत्रपत्रिकाका सञ्चालक, सम्पादक तथा प्रकाशक र सञ्चारकर्मीको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजन, व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले पत्रकारको सक्रियता मात्रै नभई त्यसमा गुणात्मक र पारदर्शिता भएमा मात्रै यो क्षेत्रको विकास हुने बताएका छन्। पत्रकारले अधिकारको मात्र कुरा नगरी आफ्नो कर्तव्य बोध गर्न जरुरी रहेको स्पष्ट पार्दै सभापति बिडारीले साना लगानीका पत्रिका तथा पत्रिकामा लेख्ने पत्रकार वास्तविक रहेको र ठूला लगानीका केन्द्रीय पत्रिका समाजका लागि नभई व्यापारिक भएको जिकिर गरेका छन्।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले मोफसलमा रहेका साना लगानीका मिडियाहरूलाई लोक कल्याणकारी विज्ञापनको अभावमा पत्रिका प्रकाशन गर्नमा निकै चुनौतीपूर्ण रहेको बताएका छन्। कार्यक्रममा प्रदेश २ का भौतिक तथा पूर्वाधार राज्यमन्त्री डिम्पल झाले सञ्चार क्षेत्रमा महिलाको सहभागिता अत्यन्त न्यून रहेकोमा चिन्ता व्यक्त गर्दै महिलाको आलंकारिक उपस्थिति मात्र हुन नसकिरहेको वर्तमान अवस्थामा गुणात्मक उपस्थिति बढाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा विभिन्न जिल्लाका सञ्चालक, प्रकाशक तथा सम्पादकहरूले प्रदेश २ मा सञ्चारप्रति स्थानीय तहको भूमिका निराशाजनक रहेको पत्रकार महासंघले समयसमयमा प्रभावकारिता तालिमको व्यवस्था गर्नुपर्ने, पत्रिका दर्ता भई प्रकाशनमा नरहेका पत्रिकाको नाम सूचना विभागको रेकर्डबाट हटाइनुपर्ने माग पत्रकारले अघि सारेका छन्। सरकारले साना लगानीका मिडियाहरूको मागलाई बेवास्ता गरेमा कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। पत्रकारहरूले प्रदेशस्तरीय कार्यक्रममा स्थानीय तहले स्थानीय तहभित्र रहेका साना लगानीका पत्रपत्रिकाको प्रवद्र्धनका लागि तालिम सञ्चालन गराउन, स्थानीय तहले स्थानीय स्तरबाट सञ्चालित मिडियामा प्राथमिकताका साथ विज्ञापन, सूचना उपलब्ध गराउनुुपर्ने जस्ता १५ बुँदे माग अघि सारेका छन्।

प्रकाशित: ८ वैशाख २०७६ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App