coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

यामसाजन फेरि चोटमा

दाङ – बेलझुन्डकी रंगशालामा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको २ सय मिटर दूरीमा प्रतिस्पर्धाका लागि निर्णायकले शनिबार धावक यमसाजन सुनारको नाम बोलाइराखे।

यामसाजन राष्ट्रिय टिमका सदस्य पनि थिए। उनले देशबाट कयौं अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। त्यसैले पनि होला, निर्णायकले प्रतिस्पर्धाका लागि बारम्बर यामसाजनको नाम लिइरहे। अन्य धावक हिट्सका लागि ट्य्राक तयारी रहँदासम्म यमसाजन भने आएनन्। निर्णायक टिमका सदस्यले प्रतिस्पर्धाका लागि पुनः यामसाजनको नाम वाचन गरेता पनि नजिक रहेका खेलाडीले उनी नखेल्ने बताइदिए।

यामसाजन एक समय छोटो दूरीमा निकै सफल खेलाडी हुुन्। १४ वर्षमै राष्ट्रिय च्याम्पियन भएका उनले जारी आठौं खेलकुदमा सय मिटर दूरीतर्पm भने प्रतिस्पर्धा गरेका थिए। यद्यपि, एक समयका च्याम्पियन यामसाजन दोस्रो स्थानमै खुम्चिए। कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यामसाजनलाई एपिएफका खेलाडी आशिष चौधरीले पछि पारेका थिए। आशिषले ११ सेकेन्डमा दूरी पूरा गर्दा यामसाजनले ११.११ सेकेन्ड समय लगाएका थिए।

यो प्रतिस्पर्धामा पनि यामसाजन मुस्किलले दौडेका थिए। उनलाई चोटले पछिल्ला दिनमा निकै सताइरहेको छ। गत १८औं एसियाडमा पनि चोटका कारण यामसाजनले २ सय मिटरको प्रतिस्पर्धा बीचमै छोडेका थिए। खेल्ने क्रममा लगातार तिघ्रामा भएको दुखाइका कारणले उनले २ सय मिटरको विधा खेलेका थिएनन्। उनी भन्छन्,‘सुरुमा खेल्न सक्छु जस्तो लाग्छ। जब सय मिटर दौडन्छु। तब एकदम दुख्न थाल्छ।’

एसियन गेम खेल्ने समयमा पनि यामसाजनले सोही किसिमको दुखाइको सामना गरेका थिए। त्यसअघि उनले कोलकतामा गएर उपचार गराएका थिए। केही समय ठीक भए पनि उनको चोट इन्डोनेसियामा भएको १८औं एसियाडमा पुनः दोहोरियो। दक्षिण कोरियामा सम्पन्न १७औं इन्चोन एसियाड र इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालको तर्पmबाट प्रतिस्पर्धा गरिसकेका यामसाजन भन्छन्, ‘गत एसियाडपछि संन्यास लिने सोचाइमा थिए। तर, खेलप्रतिको लगावका कारण आठौं खेलकुदमा खेल्ने मोह जाग्यो।’

नेपालका तीनवटै विभागबाट खेलेका यामसाजनले यस पटक भने कर्णालीबाट प्रतिस्पर्धा गरेका थिए। यद्यपि, पुनः उनलाई चोटले सताइरह्यो। कहिलेकाहीं सामान्य रूपमा हिँडडुल गर्दा पनि दुख्ने गरेको यामसाजनले पीडा सुनाए। तिघ्राको मासुहरू च्यातिएको जस्तो दुःखाइ हुन्छ। यसको उपचार भने ट्रेनिङबाटै हुने यामसाजनको भनाइ छ।

‘हाम्रो देशमा त्यस्तो खालको ट्रेनिङ गर्ने चलन छैन,’ यामसाजनले भने,‘ वेट टे«निङ ग¥यौं भने बिस्तारै निको हुँदै जानेछ। त्यसैले भारत गएर ट्रेनिङ गर्ने सोचमा छु।’ यामसाजन भन्छन्, ‘एक समय ट्य्राक र फिल्ड दुवैमा प्रतिस्पर्धा गर्दा समेत केही हुँदैनथ्यो। तर, अहिले एक विधा खेल्दा नै दुख्न थाल्दछ।’

त्यसैले अब सय मिटरमा मात्रै प्रतिस्पर्धा गर्ने योजना रहेको यामसाजनले सुनाए। जाजरकोटमा जन्मिएका यामसाजन राष्ट्रपति रनिङ शिल्ड हुँदै राष्ट्रिय च्याम्पियनका रूपमा उभिएका थिए। पाँचौं संस्करणदेखि उनले राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्दै आइरहेका छन्। यामसाजनले पाँचौंमा लङजम्पमा स्वर्ण र ट्रिपल जम्पमा रजत जितेका थिए।

छैटौं पनि उनी लङजम्पज स्वर्ण, ट्रिपल जम्पमा सेकेन्ड र सय मिटर दौडमा रजत पदक जितेका थिए। त्यसपछि भने उनी सय मिटरमा कहिले दोस्रो हुनु परेन। छैटौंपछि सय मिटरको दौडमा उनी अग्र स्थानमा रहँदा आएका थिए। यद्यपि, आठौं खेलकुदमा उनी चोटका कारण पछि पर्न बाध्य भए। 

सुरुमा गाउँमा थाली जित्नका लागि यो खेलमा लागेका थिए। मेला महोत्सवको समयमा कुद्न थाले। तर, त्यसलाई एथ्लेटिक्स भन्छ भन्ने थाहा थिएन। त्यहीँ थाली जित्नकै लागि कुद्न थाले। पछि आएर मात्र यो राम्रो खेलभित्र पर्छ भन्ने थाहा भयो। पछि नेपालगन्जबाट राष्ट्रपति रनिङ खेल्न थाले। त्यहीं माध्यमबाट १४ वर्षकै उमेरमा राष्ट्रिय च्याम्पियन भए। 

वि.सं. २०६५ सालमा उनी पहिलो पटक राष्ट्रिय च्याम्पियन भएका थिए। उनै यामसाजन चोटका कारण २५ वर्षको उमेरमै संन्यास लिने सोच्न बाध्य भइरहेका छन्। ‘देशका लागि  कयौं पटक खेलें, राष्ट्रिय स्तरमा स्वर्ण कति जितें भन्ने मलाई पनि याद छैन,’ यामसाजनले भने,‘अब सागमा देशका लागि पदक जित्ने लक्ष्य छ। त्यसको लागि मैले धेरै मिहिनेत गर्नुपर्छ। उपचारपछि तयारी गर्नेछु। अब एउटा दूरीमा मात्र फोकस गर्ने योजनामा छु।’ नेपालका तीनवटै विभागबाट खेलेका यामसाजनले यस पटक भने कर्णालीबाट प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ८ वैशाख २०७६ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App